इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल गायिका पौडेलको धुलाबारीमा बेजोड प्रस्तुती

2024-02-18 मा प्रकाशित

मेचीनगर । मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल झापाकी चर्चित गायिका मेनुका पौडेललाई अभिनन्दन गरेको छ ।
सो अवसरमा मेचीनगरका बिभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुले खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । आयोजकले कार्यक्रमलाई थप रोचक बनाउन सांगीतिक कार्यत्रनै आयोजना गरेको थियो । शनिबार राति धुलाबारीमा आधा दर्जन गीतहरु गाएकी थिइन् ।
पौडेललाई स्वागत थर्न तथा उनको संगीतिक प्रस्तुती हर्न र सुन्न सहभागिहरुलाई गायीका पौडेलले कर्ण प्रिय भवन प्रस्तुत गरिन । उनले छाडी जानु छ पिन्जडा, किन नलिनु कृष्ण नाम, ओ पालन हरे, सुरज हि छाहो बन्के, चन्दन सा वदन, चन्दन चितवन, जी एतो जीए लगायतका हिन्दी तथा नेपाली चर्चित गीतहरु र भजनहरु समेत प्रस्तुत गरेकी थिइन् ।

उनको गीतमा दर्शकहरु रातिको चिसो मौसमलाई समेत प्रवाह नगरी मजाले नाचेका थिए । समितिका अध्यक्ष गोकुल खड्काले गायिका पौडेलले इण्डियन आइडलको सोपछि पूर्वाञ्चलमा नै पहिलो पटक धुलाबारीमा आएर सांगातिक कार्यक्रममा सहभागी भएको दावी गरे ।

झापाको हल्दीवारी गाउँपालिका–४ मा २०५५ सालमा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । आर्थिक अवस्था कमजोर भएका बुवा–आमाले उनलाई आँखाको समस्यालाई सहज बनाउन हरसम्भव प्रयास गरे सकेनन् ।

सांगातिक कार्यक्रममा गायिका पौडेलसँगै मेचीनगर निवासी राष्ट्रिय कलाकार जमीर अली तथा स्थानीय कलाकार भिषण राई, अभिषेक राई, प्रतिक घिमिरेले गीत तथा गोपिका खड्का र हन्सिका बराइली लगायतले नित्य प्रस्तुत गरेका थिए ।

आयोजकले सांगातिक कार्यक्रममा गायिका पौडेलको प्रस्तुतिको भिडियो युट्युवमा अपलोड नगर्न समेत अनुरोध गरेको थियो । गायिका पौडेलले समेत दर्शकहरुलाई भिडियो नगर्न आग्रह गरेकी थिइन् । उनले भारतको सोनी टिभीमा आवद्व भएकाले त्यसो नगर्न अनुरोध गरिन् ।

आयोजकले कार्यक्रममा गायिका पौडेललाई अभिनन्दन समेत गरेको थियो । उनलाई नगदसहित सम्मान गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

३ वर्षअघि स्थापना गरिएको समितिले हरेक वर्ष सरस्वती पुजाको अवसरमा सांगातिक कार्यक्रम गर्दै आएको छ । यसवर्ष गायिका पौडेललाई ल्याउन सफल भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रम गर्न करिव एक लाख ५० हजार खर्च लागेको अध्यक्ष खड्काले जानकारी दिए ।

सांगातिक कार्यक्रममा बाल्ट्रा मुख्य प्रायोजक रहेको थियो । त्यस्तै सहयोगीका रुपमा मेचीनगर नगरपालिका, ग्लोबल आईएमी बैँक, एभरेष्ट बैँक, होटल निम्तो, होटल मेची क्राउन, सहारा नेपाल, मेची उद्योग बाणिज्य संघ, ड्रिङ्स जुस, ज्वेलर्स, एजुकेशनल संस्थाहरु, शान्ति समाज, मंगलज परिवार, साठी प्लस समाज लगायतका संघ–संस्थाहरु रहेका थिए ।

सांगातिक कार्यक्रमको सञ्चालन मंगल चोक मंगल मार्ग संरक्षण समितिका अध्यक्ष गोकुल खड्काले गरेका थिए ।

कार्यक्रमको सहजिकरण समितिका सदस्य एवम् स्थानीय समाजसेवीहरु पूर्णबहादुर कटुवाल, गोपाल खड्का, धमेन्द्र खड्का, उदय बराइली लगायतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु