मेचीनगरका ३ सहित झापामा आज थपिए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६०४ पुग्यो

2020-09-02 मा प्रकाशित

मेचीनगर, १७ भदौ । झापामाआज मेचीनगरका ३ सहित १४ जना कोरोना संक्रमित थपिएका छन् ।

मङ्गलबार मात्र झापामा १४ जना थपिएका संक्रमित आज उहि रेसियोमा बढिरहेको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार कमल गाउँपालिकाका ३ महिला र ३ जना पुरुष, मेचीनगरको होटल क्वारेन्टिनमा बसेका ३ जना पुरुष, बिर्तामोडका १ महिला र २ जना पुरुष, हल्दीबारीका १ जना महिला र गौरीगञ्ज गाउँपालिकाका १ जना पुरुष छन् ।

कमलका ६ जना स्थानीय, मेचीनगरका ३ जना मध्ये २ जना काँकरभिट्टा र १ जना लहानका हुन् ।

उनीहरु भारतबाट आएका थिए, बिर्तामोडका २ जना चितवन र १ जना भारतबाट आएका, हल्दीबारीकी १ जना महिला स्थानीय हुन् भने गौरीगञ्जका १ जना पुरुष भारतबाट आएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

झापामा लगातार कोरोना संक्रमितको संख्या ५ देखि २० जनाको दरले बढिरहेको छ । योसँगै झापामा संक्रमितको संख्या ६०४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु