धाइजन, २३ फागुन । मेचीनगर–११ र १२ स्थित कालिका सामूदायिक वन उपभोक्ता समूह को २८ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरकी थिइन् । कार्यक्रमको अवसरमा नेपाल सितोरियो करातेका राष्ट्रिय रेफ्री राजेन्द्र कार्कीलाई नगदसहित सम्मान गरिएको थियो ।
उनलाई प्रमुख अतिथि मेचीनगर उपमेयर उप्रेतीले नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रमुख अतिथि उप्रेतीले नगरभित्र रहेका सामूदायिक वनहरुले नगरक्षेत्रभित्र पर्या–पर्यटनमा निक्कै ठुलो योगदान पुरयाएको बताइन् ।
कालिका सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष योगराज भट्टराई (योगेश)को सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सामूदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, नेकपा एमाले ११ नम्बर वडाका पार्टी अध्यक्ष सागर ओली, सामूदायिक वन मेचीनगर महासंघका अध्यक्ष जानुका ओली, खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत समूहकी उपाध्यक्ष संगीता चौधरीले र सञ्चालन सहसचिव खेमराज राईले गरेका थिए ।
2024-03-06 मा प्रकाशित
प्रतिकृया दिनुहोस्