नेपाल जेसीजको उत्कृष्ट अवार्ड बाहुण्डाँगी जेसीजलाई

2024-04-03 मा प्रकाशित

बाहुण्डाँगी । देशमै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बाहुनडाँगी जेसीजले नेपाल जेसीजबाट मार्च महिनाको शतप्रतिशत कार्यक्षमता आवार्ड प्राप्त गरेको छ ।

नेपाल जेसीजे दिएको टाक्समा रहेर एक महिना शाखाले गरेको कार्यहरुको कार्यसम्पादनको आधारमा बाहुण्डाँगी जेसीजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।

यो अवार्डसँगै बाहुण्डाँगीे नेपाल जेसीजबाट प्राप्त हुने अवार्डमा ह्याट्रिक पुरा गरेको छ । यस अघि जनवरी र फेब्रुरी महिनामा निरन्तर यो अवार्ड प्राप्त गरेको थियो । उक्त अवार्ड चितवनको सौराहमा चैत २३ र २४ गते हुने नेपाल जेसीजको कार्यक्रममा प्रदान गरिनेछ ।

बाहुण्डाँगीले नेपाल जेसीजबाट निरन्तर ३ महिना अवार्ड प्राप्त गरेको यो नै पहिलो हो । नेपाल जेसीजले ४ वटा टाक्स शाखालाई दिएको दिएको थियो तर बाहुण्डाँगीले यो महिना मात्रै ८ वटा कार्यक्रम सम्पन्न गरेको छ । अहिले पनि बाहुण्डाँगीमा दोस्रो जेसीज कप सञ्चालनमा छ ।

जेसीजका अध्यक्ष देबु बानियाँको नेतृत्वमा रहेको २०२४ को टिमले ३ महिनामा २४ वटा कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

यो निरन्तरको सफलता टिमवर्कको हो’ शाखाका अध्यक्ष बानियाँले भने–‘बोर्डमा रहेका साथीहरुको अथक मेहेनत अनि जुनसुकै कार्यक्रमहरुलाई पनि सम्पन्न गर्न दिएको साथ नै हो । यसको सम्पूर्ण श्रेय मेरो २०२४ को बोर्डलाई नै दिन्छु ।’

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु