मेचीनगरमा सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु

2024-05-01 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु भएको छ ।

मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि टुनामेन्ट सुरु भएको हो ।

हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्टका राजु धिमालको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मिना उप्रेती पोख्रेल, एमालेका नेता बिष्णु प्रसाईं, हिमालयन एकाडेमीका प्रिन्सिपल जगत तामाङ, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाललगायतले बोलेका थिए ।

मेचीनगर ९ को टिमाई बाटिका खेल मैदानमा आयोजित क्रिकेट टुनामेन्टको पहिलो दिन १० वटा क्रिकेट टिमले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

भारतका २ वटा टिमसहित झापाका १६ टिमले सहभागिता रहने जनाएको छ । टुनामेन्टमा प्रथम र द्वितीय घोषित टिमलाई ३० र २० हजार नगद ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकको भनाई छ । खेल अवधिभर उत्कृष्ट खेलाडीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।

नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै स्थानीय खेलाडीलाई प्रोत्साहन र नयाँ खेलाडीको खोजी गर्दै क्रिकेट एकाडेमी बनाउने उद्देश्यले टुनामेन्टको आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु