2024-05-13 मा प्रकाशित
मेचीनगर । भारतको पानीघट्टा निवासी अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फउण्डेशन नेपालले आर्थिक सहयोग गरेको छ । फउण्डेशनकी सदस्य समेत रहेकी क्षेत्रीको घरमा केही दिन अघि आगलागी हुँदा घर तथा लत्ता कपडा र अन्न जलेर नष्ट भएको थियो ।
आफ्ना सदस्यलाई आइपरेको दैविक विपत्तीमा सहयोग गर्न पुगेको पाउण्डेशनले आइतबार नगद दशहजार सहित लत्ता कपडा तथा अन्न गरी करिव २० हजार बढीको राहत सामाग्री सहयोग गरेको फउण्डेशनका अध्यक्ष मुकुन्द नेपालले जानकारी दिए ।
फउण्डेशनले नेपालमा फरक क्षमता भएका ब्याक्तिहरुलाई साहयता सामाग्री वितरण गरेर मानविय सेवाको काम गर्दै आएको छ । फउण्डेशनले आगामी जेठ ५ गते बौद्धमोडमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गर्ने तयारी गरेको फउण्डेशनका सदस्य सचिन निरौलाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्