मेचीनगरमा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु

2024-06-15 मा प्रकाशित

मेचीनगर,१ असार । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु भएको छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विकास पत्रकारिताले सिंगो मेचीनगरको विकासमा सहयोग पुग्ने बताइन् । नगरपालिकाबाट सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने कुरामा केहीकमजोरी भएको स्विकार गर्दै उहाँले आगामी दिनमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा वडा नम्बर ७ अध्यक्ष प्रह्लादमणि ओली, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्त्वय राखेका थिए ।

तालिममा पत्रकारहरुको आचार संंहिताका बारेमा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले, विकास पत्रकारिताको अवस्थाका बारेमा पत्रकार मोहन काजी तथा विकास पत्रकारिताको चुनौतीका बारेमा पत्रकार ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष शिशिर चम्लगाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत सदस्य झुलन रेग्मी र संचालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको तालिममा मेचीनगरका ३० बढी सञ्चारकर्मी सहभागी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु