एसईई परीक्षा : मेचीनगरमा सामुदायिक विद्यालय तर्फ बालकल्याण प्रथम

2024-06-28 मा प्रकाशित

इटाभट्टा । मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।

नगर शिक्षा शाखाका अनुसार बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ । त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र मावि दोस्रो स्थानमा छ । विद्यालयबाट ५८.८२ प्रतिशत विद्यार्थी अर्थात सहभागी १७ मध्ये १० जना उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतकै आधारमा मेचीनगर ३ स्थित जनता मावि तेस्रो स्थानमा छ । विद्यालयबाट सहभागी २९ मध्ये १४ अर्थात ४८।२७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षा शाखाले दिएको जानकारीमा मेचीनगर–१४ स्थित बाल सुबोधनी माविका ३८ मध्ये १५ जना उत्तीर्ण भएका छन् । मेचीनगरमा सबैभन्दा बढी विद्यार्थी भएको धुलाबारी माविबाट सहभागी ३२६ मध्ये १२५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी मेचीनगर–१३ स्थित शहिद दशरथचन्द माविका सहभागी ४९ मध्ये १६ जना उत्तीर्ण भएका छन् । मेची जनसाधारण मावि मेचीनगर–२ बाट कुल ४४ जनामा १४ जना उत्तीर्ण छन् ।

मेचीनगर–२ स्थित भानु माविबाट ५४ सहभागीमा १४ जना उत्तीर्ण हुँदा आदर्र्श मावि मेचीनगर–८ बाट सहभागी १२४ मध्ये ३२ जना उत्तीर्ण भएका छन् ।

सरस्वती बाल कल्याण मावि मेचीनगर–१२ का सहभागी ८४ मध्ये २१ जना उत्तीर्ण भएका छन् भने मेचीनगर–७ मा रहेको अरनिको माविबाट सहभागी ३३ मध्ये ८ जना उत्तीर्ण छन् ।

सरस्वती मावि मेचीनगर–४ बाट सहभागी १३ मध्ये ३ जना, मेचीनगर–१२ स्थित बलभद्र जनता माविबाट सहभागी ३८ मध्ये ७ तथा मेचीनगर–६ स्थित काँकरभिट्टा माविका सहभागी ८८ मध्ये १६ जना उत्तीर्ण छन् ।

कवि शिरोमणी मावि मेचीनगर–९ बाट सहभागी ४२ मध्ये ४ जना, मेचीनगर–१५ स्थित ज्यामिरगढी माविबाट सहभागी ३३ जनामा ३ जना र पशुपति मावि मेचीनगर–४ बाट सहभागी १९ मध्ये १ जना उत्तीर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ ।

मेचीनगरबाट १७ सामुदायिक र ३८ संस्थागत गरी ५५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।
मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखाले दिएको जानकारीमा नगरमा सामुदायिक विद्यालयबाट सहभागी १ हजार ५८ जना मध्ये ३२२ जनाले कक्षा ११ मा अध्ययन गर्न पाउने गरिको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

प्रारम्भिक चरणमा प्राप्त नतिजा हेर्दा सामुदायिकतर्फ केही कमजोर नतिजा प्राप्त भएको देखिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु