बालकल्याण माविद्वारा विद्यार्थीलाई पुरस्कार, शिक्षकलाई सम्मान

2024-09-14 मा प्रकाशित

सुरेन्द्रनगर । ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर– ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शुक्रबार विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
विद्यालयले शैक्षिक बर्ष २०८० मा कक्षा उत्कृष्ट, अनुसाशित र सरसफाइमा उत्कृष्ट, उच्च हाजिरी प्राप्त गर्न सफल तथा कक्षा प्रथम ,द्वितीय ,तृतीय स्थान प्राप्त गर्न विद्यार्थीहरुलाई पुररस्कृत गरेकाृ छ ।

त्यसैगरी विद्यालयले कक्षा १–५ विद्यालय प्रथम र कक्षा ६–१० विद्यालय प्रथम विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ । कक्षा १ देखि ५ सम्मको विद्यामा निर्जला गिरी र कक्षा ६ देखि १० सम्मको विद्यामा कुशुम लिम्बू उत्कृष्ट घोषित भए । उत्कृष्ट विद्यार्थीलाई राधाबल्लभ पराजुली स्मृति अक्षय कोष, श्रेयसी एण्ड समीर पौडेल अक्षयकोष, एनएमसी सहकारी मेचीनगर ५ एकाईको  बालकल्याण मा.बि जेहेनदार विद्यार्थी अक्षय कोष र सामूहिक अक्षयकोष मार्फत नगद पुरस्कर बितरण गरेको हो ।
यसका साथै विद्यालयले बिष्णुमाया देवकोटा स्मृति अक्षय कोषमार्फत करुण बस्नेत र स्मृति लिम्बूलाई पोषाक छात्रवृत्ति प्रदान गरेको छ ।
त्यसैगरी सन्तलाल माझी अक्षय कोष मार्फत २०८० मा सतप्रतिसत नतिजा सहित सर्वोत्कृष्ट औसत नम्बर प्राप्त गर्न सफल दुई जना विषय शिक्षकलाई नगद पुरस्कर सहित सम्मान प्रदान गरेको छ ।


यसरी सम्मानित हुनेहरुमा शिक्षक दिपाकुमारी भारती र प्रकाश शर्मा घिमिरे रहेका छन् । उनीहरुले उत्कृष्ट जीपीए २.६७ ल्याउन सफल भएका थिए ।
त्यसैगरी विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा नारायण प्रसाद कोइरालालाई सम्मान गरेको छ । विद्यालयमा सन्तलाल माझी अक्ष्यकोष स्थापना भएसंगै विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुन थालेको छ । सो अक्ष्यकोषमार्फत विद्यालयले उत्कृष्ट जीपीए ल्याउने विषय शिक्षकलाई सम्मान तथा पुरस्कृत गर्ने उद्घोष गरेसँगै शैशिक सत्र २०८० को एस ईई परीक्षामा बालकल्याण मावि सामुदायिक विद्यालय तर्फ मेचीनगरमा प्रथम भएको थियो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर ५ –का वडाध्यक्ष कनक बहादर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजसेवी डम्बर पुरी, अक्षयकोष दाताको तर्फबाट बालकल्याण माविका प्रावि इञ्चार्ज सन्तलाल माझी, लगायतले बोलेका थिए ।
सो अवसरमा शिक्षक अभिभावक संघ अध्यक्ष सुभाष लिम्बू, विब्यस पूर्व अध्यक्षहरु कमल कुमार देवकोटा, अनन्त कुमार दाहाल, दिलिप सुब्बा, अक्षयकोष दाता लेखमाया पराजुली लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा विद्यालयले २०८० को एस ईई परीक्षा उतीर्ण विद्यार्थीलाई समेत अविर र खादा लगाएर सम्मान गरेको थियो ।


विद्यालयका प्र.अ नारायण प्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्र.अ. राजिव गिरीले गरेको थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु