रेडियो मन्त्र तेस्रो वर्षमा प्रवेश, वार्षिक उत्सवमा पुरस्कार वितरण

2024-09-17 मा प्रकाशित

मेचीनगर । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्र आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । रेडियो मन्त्रले आज एक कार्यक्रमका बीच दोस्रो वार्षिक उत्सव मनाएको छ । रेडियो मन्त्र १०५.४ मेगाहर्जमा मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो ।

कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो प्रतियोगिता २०८१ का विजेताहरुलाई पुरस्कार वितरण समेत गरेको थियो ।
रेडियो मन्त्रका अध्यक्ष अनिसा गौतमको सभापतित्व तथा मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालकाको बिशेष आतिथ्यता रहेको थियो ।
रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले स्वागत तथा कार्यक्रमबारे जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन रेडियोकी स्टेशन मेनेजर मनिसा गौतमले सञ्चालन गर्नु भएको थियो ।

हरितालिका तीज पर्वको अवसरमा रेडियो मन्त्रले फेसबुक पेज मार्फत सञ्चालन गरेको भिडियो प्रतियोगितामा बिर्तामोड ४ का सरिता बराल प्रथम, मेचीनगर १ का बिश्मिता घिमिरे दोस्रो र कनकाई नगरपालिकाका पुजा संग्रौला तथा साथीहरुको समूह तेस्रो भएको थियो ।

विजेताहरु बराल र घिमिरेले प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिले पुरस्कार वितरण गर्नु भएको थियो भने तेस्रो हुने कनकाई नगरपालिकाको पुजा संग्रौला तथा साथीहरुको समूहको पुरस्कार करीना पौडेललाई रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले वितरण गर्नु भएको थियो ।

कार्यक्रममा अग्रज पत्रकार राजेन्द्र गौतम, पत्रकारहरु झुलन रेग्मी, प्रकाश पौडेल, दिलिप थापा, प्रकाश उप्रेती, प्रविन अधिकारी, गगन ढकाल, एक्टिभ समुह इट्टाभट्टाका संयोजक सिता गिरी पुरी सहित समूहका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु