लागु औषध सहित दुई जना पक्राउ

2024-09-18 मा प्रकाशित

झापा । झापा–सशस्त्र प्रहरी बल, नेपालले लागू औषध सहित दुई जना ब्यक्ति पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले लागू औषध ब्राउनसुगर सहित जिल्ला झापा कमल गाँउपालिका–७ बस्ने बर्ष २५ को सन्देश लिम्बु र बर्षीय ३६ को पूर्ण बहादुर लिम्बुलाई झापा गा.पा. १ लसुना सीमा ईलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

असोज १ गते मंगलबार बेलुकी ७.५० बजे भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७८४० नम्बरको होण्डा कम्पनिको स्कुटर शंका लागि खान तलासी गर्ने क्रममा स्कुटरको भाईजरमा लुकाएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको भन्ने सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका सूचना अधिकारी एवं निमित्त गणपति स.प्र.ना.उ. सुमन पोख्रेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु