पितृ उद्धारको कामना गर्दै शरणागत मन्दिरमा सामुहिक अखण्ड दिप प्रज्वलन

2024-09-18 मा प्रकाशित

मेचीनगर । पितृ उद्धारको कामना गर्दै मेचीनगर – ३ स्थित शरणागत मन्दिर परिसरमा ५० बढी सामुहिक दिप प्रज्वलन गरिएको छ ।
सद् गुरुदेव मानवसेवा फाउण्डेशनको संयोजनमा भएको धार्मिक कार्यक्रममा पितृ उद्धारको कामना गर्दै ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको मानवसेवा फाउण्डेशनका संयोजक मुकुन्द नेपालले बताए ।


बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न मुलुकमा रहनु भएका महानुभावहरुले सोह्र श्राद्धमा आफ्नो पित्रृको श्राद्ध गर्न अनुकुल नभएकोले उहाँहरुले आफ्नो पितृको नाममा १६ दिन सम्म अखण्ड दिप प्रज्वलन गराउने संकल्प लिएका कारण पाँच जना गुरुबाट दैनिक बेदशुक्त पाठ, पितृशुक्त पाठ, विष्णु सहश्रनाम पाठ लगायतका धार्मिक गतिविधि सञ्चालन गरिएको पण्डित नेपाले जानकारी दिए ।
दिप प्रज्वलनकोलागि आफन्तहरु मन्दिर परिसरमा आउनु भएको र बैदिक विधिबाट विधि पूर्वक दिप प्रज्वलन गरिएको उनको भनाइ छ । सद् गुरुवदेव मानव सेवा फाउण्डेशनले बिभिन्न समयमा सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु