मेचीनगर ८ मा करिव २५ लाखको लगतामा दुर्गा मन्दिर निर्माण, उद्घाटनमा प्रसाईं आउने

2024-10-06 मा प्रकाशित

मेचीनगर। मेचीनगर ८ सालघारी स्थित कञ्चनजङ्गा टोलमा करिव २५ लाखको लगतामा दुर्गा मन्दिर निर्माण गरिएको छ । जनसहभागिता र श्रमदानबाट निर्माण सम्पन्न भएको सो भन्दिर नवरात्रको अवसर पारेर फूलपातीका दिन उद्घाटन् गरिने भएको छ । मन्दिर निर्माण समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्दिर निर्माणमा बिभिन्न क्षेत्रबाट भएको आर्थिक सहयो र जनश्रमदानको बारेमा जानकारी दिएको हो ।

स्थानीय सरकारका तर्फबाट मेचीनगर वडा नम्बर – ८ ले ५ लाख ९ हजार आर्थिक सहयोग गरेको र बाँकी झन्डै २० लाख माथि लागत रकम तथा जिन्सी सहयोग संकलन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए।

वि. सं. २०३५ सालमा २ कठ्ठा जमिनमा स्थानीय हरिबहादुर सुवेदी , विष्णुप्रसाद तिमल्सिना लगायतका अग्रजहरुको अगुवाइमा स्थापना गरिएको उक्त मन्दिर जीर्ण अवस्थामा पुगेपछि “सालघारी अनलाइन ग्रुप” बनाएर मन्दिर पुनर्निर्माण गरिएको निर्माण समितिका सचिव विकास भट्टराईले जानकारी दिए।

सालघारी जन्मथलो भई हाल विभिन्न स्थानमा रहेर कर्म गरिरहेका समाजसेवी व्यक्तिहरुको आर्थिक सहयोग र स्थानियहरुको श्रमदानले मन्दिर निर्माण सम्पन्न गरिएको समितिले जनाएको छ। दुर्गाको नयाँ मुर्तिमा प्राण प्रतिष्ठा गरेर अहिले नवरात्रीको समयमा पुजापाठ चलिरहेको छ।

मन्दिरमा स्थानीय समाजसेवी भरत थापाले १ लाख १५ हजार २ सय रुपैयाँ बराबरको दुर्गा माताको मुर्ति दान गरेको, समाजसेवी प्रेम घिमिरेर दिपा पाण्डे (घिमिरे)ले २ लाख २२ हजार २ सय २२ रुपैयाँ बराबरको मन्दिर परिसरमा लाग्ने टायल्स सहयोग गरेको र समाजसेवी सुरेन्द्र सुवेदीले फलामे ग्रिल १ लाख २८ हजार ५०० बराबरको सहयोग गरेको समेत समितिले जानकारी दिएको छ।
उक्त मन्दिर उद्घाटन यही असोज २४ गते फुलपातीको दिन मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का अभियान्ता दुर्गा प्रसाईंले गर्ने छन्,।
गैरराजनीतिक हिसाबले मन्दिर उद्घाटनको प्रमुख अतिथिका रुपमा दुर्गा प्रसाईंलाई आमन्त्रण गरिएको समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु