मेची विद्योदयको परिसरमा दुर्गा पूजा , हरेक साँझ भक्तजनको भीड बढ्दै

2024-10-06 मा प्रकाशित

मेचीनगर । मेचीनगर –८ स्थित मेची विद्योदय प्राविको परिसरमा हरेक साँँझ भक्तजनहरुको भीड बढ्दै गएको छ । सो क्षेत्रमा रहेका चारवटा टोलविकास संस्थाको सहभागितामा दुर्गा पुजा आयोजक समिति गठन गरेर बृहत सहभागितामा दैनिक पाठपारायण रात्री सत्संघको कार्यक्रम सञ्चालन भइरहेको पूजा आयोजक समितिका अध्यक्ष पर्शराम गिरीले जानकारी दिए । कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाउँन समितिले ज्ञानमालाको कार्यक्रमा समेत सञ्चालन गर्दै आएको छ ।
शनिवार साँझ अरु दिनको भन्दा सहभागिको संख्या थपियो समितिका अध्यक्ष गरीले भने, “वडानम्बर ८ का चारबटा किर्तन मण्डलीबाट हरेक साँझ भजन किर्तकोलागि आउँनु हुन्छ । संख्या हरेक दिन बढ्दै गएको छ ।”


पुजा आयोजक समितिका अध्यक्ष पर्शराम गिरीको सभापतित्व तथा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो दिनको कार्यक्रममा प्रमुख अतिथि बरालले असल संस्कार र संस्कृतिको विकास सत्संघबाटै प्राप्त हुने बताए । उनले पास्चात्य संस्कार र संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्दे गएको भन्दै सबैले आफनो मौलिक धर्म संस्कार र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरे ।
सो अवसरमा आयोजित ज्ञानमाला कार्यक्रममा उत्कृष्ठ प्रतियोगिहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा पत्रकार युवरा आचार्य, पूर्व जनप्रतिनिधि सन्तोष मेचे, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष मिलन विश्वकर्मा लगायत बिभिन्न क्षेत्रका ब्यात्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सरस्वती टोल, प्रगती टोल, सेन्टरी टोल र सृजना टोलको प्रतिनिधित्व रहेको छ । सोही टोलका किर्तन मण्डलीले कर्ण प्रिय संगितका घुनहरु गुञ्जी रहेको छ । कार्यक्रमको सञ्चालन बिना बुढाथोकीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु