मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका झापाकाे आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धि बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।
नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् । मेचीनगर सभाहलमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ-आफनाे शाखाले आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका प्रगित विवरण प्रस्तुत गरेका थिए ।
शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारी, प्रशासन, याेजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, आर्थिक विकाश शाखा प्रमुख दिपेन्द्र कार्की, पूर्वाधार शाखा प्रमुख ईञ्जिनियर राेशन रिमाल, शहरी विकाश शाखा प्रमुख इञ्जिनियर जीवन भट्टराई, स्वास्थ्य शाखा प्रमुख सविता सापकाेटा, राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीलगायतले आ -आफ्ना शाखाकाे प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले याे कार्यक्रम निक्कै महत्वपूर्ण रहेकाे बताउँदै सवै शाखा प्रमुखहरूले प्रस्तुत गरेकाे प्रस्तुतीकरण सकरात्मक रहेको बताए । यद्यपि अझै धेरै राम्रो कार्य गर्नुपर्ने सुझाप दिदैँ आगामी दिनमा यस्ता कार्यक्रमलाई रचनात्मक र सकरात्मक बनाउन लाग्न जाेड दिए ।
मेचीनगरको अवस्था निराशाजनक नरहेको बताउँदै उनले नगरको समग्र विकासमा जनप्रतिनिधि तथा सम्बन्धित कर्मचारीहरू लागि परिरहेको बताउँदै राम्रा कार्यमा यहाँका राजनीतिक दल, सामाजिक अभियान्ता, सञ्चारकर्मी र आम नागरिकको साथ सहयोग अपरिहार्य रहेको बताए । साथै उनले स्थानीय सरकारले अझै थुप्रै काम गर्न बाँकी रहेकाे बताए । समाजमा पछिल्लो समय सकरात्मक भन्दा पनि नकारात्मक बिषय बढी चर्चा हुने गरेको बताउँदै नागरिककाे सहयाेग विना नगरलाई समृद्ध बनाउन नसकिने हुँदा नगरवासीकाे साथ, सहयाेग तथा समन्वयकाे आवश्यकता रहेको उनको भनाइ छ ।
उपप्रमुख उप्रेतीले याे कार्यक्रमले नगरपालिका के गर्दैँ छ ? कता जाँदै छ ? एउटा झल्काे दिएकाे बताइन् । “राम्राे कामकाे थालनी भएकाे छ “उनले भनिन् ” यस्ता कार्यक्रमले नगरपालिकाकाे विगत वर्तमान अवस्था झल्किन्छ । ” नगरपालिकालाई प्रगतिपथमा लैजानका लागि यस्ता कार्यक्रम काेशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरिन् । साथै उनले नगरलाई समृद्धतर्फ लैजान जनप्रतिनिधि र कर्मचारीकाे भूमिका उत्तिकै हुने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सवै शाखाले योजनाबद्धरूपमा काम गर्न सुझाव दिए । प्रगति प्रस्तुती गर्न कहिले पनि पछि पर्न नहुने, एउटै फरमेटमा चुस्तदुरूस्त सवैले बुझ्ने शैलीमा हुनुपर्ने तथा कामलाई तत्काल कार्यान्वयन गर्न समेत उनले कर्मचारीलाई निर्देशन दिए ।
सेवाप्रवाहमा तदारूकता र प्रभावकारी बनाउन समेत प्रमुख प्रशासकीय अधिकृत अधिकारीले निर्देशन दिदैँ सवै कर्मचारी आफ्नो जिम्मेवारीप्रति वफदार बन्न र एउटै परिवारका सदस्य झै काम गर्न सुझाव दिए ।
नगरका पन्द्रवटै वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधि, वडा सचिव र सञ्चारकर्मीहरूको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन योजना शाखा सहायक सुमन रेग्मीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्