मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा तीन दिने धार्मिक मेला आयोजना हुने

2024-12-07 मा प्रकाशित

मेचीनगर । लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ को अवसरमा मेचीनगर– ५ स्थित माङ्हिम परिसरमा सांगीतिक कार्यक्रम सहित तीन दिने धार्मिक मेला आयोजना हुने भएको छ ।
मेला आयोजक समितिले शनिबार माङ्हिम परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । ‘चासोक तङ्नाम’ को अवसरमा हामी हरेक वर्ष तीन दिने मेला सहित सांगीतिक कार्यक्रम गर्दै आएको छौं, ”मेला आयोजक समितिका अध्यक्ष महेन्द्र लावतीले भने, “ किँरात समुदायले मनाउँने यो पर्व अव साझा पर्वको रुपमा विकास हुँदै गएको छ । राष्ट्रिय कलाकारहरुको उपस्थितिले कार्यक्रम थप रोचक बन्ने छ । कार्यक्रमलाई सफल बनाउँन सबै समुदायको सहभागिता बनोस् ।”
मंसिर ३० गते पहिलो दिन पूजा आरधना तथा उद्घाटन कार्यक्रम, दोस्रो दिन बिभिन्न खेलकुदका कार्यक्रम तथा तेस्रो दिन पौष २ गते संगीतिक कार्यक्रम आयोजना हुने अध्यक्ष लावतीले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकार रचना रिमाल, अनु चौधरी लगायतका कलााकारहरुको रोचक प्रस्तुती रहने छ ।
कार्यक्रम सफल पार्न करिव ६ लाख खर्चहुने अनुमान आयोजकको छ । आयोजक समितिका कोषाध्यक्ष डम्बर गिरीले भने, हामीले कार्यक्रम सफलताको लागि बिभिन्न क्षेत्रमा सहयोगको अपेक्षा गरेको छौं, कति ठाउँबाट सहयोग समेत प्राप्त भइरहेको उनले बताए ।
स्थानीय समाजसेवी दिलिप सुब्बाको अनुसार माङ्हिम परिसरमा करिव २२ वर्ष अधिबाट सामुहिक रुपमा धार्मिक कार्यक्रम तथा मेला आयोजना गरिँदै आएको तथा माङहिमको स्थापना र यसको विकासमा स्थानीय तिलकचन सुब्बा र सामाजिक तथा धार्मिक ब्याक्ति जीतबहादुर लावतीको ठूलो योगदान रहेको उनले बताए ।
यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।
तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ (के) बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के गाउँदै याक्वा सेवा गरिन्छ । पछिल्लो समय चासोक तङ्नामको अवसरमा लिम्बू समुदायमा शुभकामना आदानप्रदान, आत्मियता र सद्भाव साटासाट गरी मनाउने चलन पनि विकसित हुँदै गएको छ । प्रकृति पुजक लिम्बू समुदायले प्रकृतिको पूजा गर्दै यो चाड धुमधामका साथ मनाउने गर्दछन् ।
कार्यक्रम नजिकिए सँगै सो क्षेत्रका युवाहरु मन्दिरको सरसफाइमा जुटेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु