मेचीनगर । मेचीनगर – ५ राममन्दिर टोल निवासी सिंघक परिवारमा आइतबार साँझ ठूलो बज्रपात पर्याे । बुबाको मृत्यु भएको २० दिन नवित्दै कान्छो छोराको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि सिंघक परिवारमा पीडा माथि पीडा थपिएको छ ।
झापाको झिलझिलेमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा रोकिएको ट्रयाक्टरको पछाडिको ठोकिँदा सिंघकको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
डाइभर्सनमा रोकिराखेको अवस्थामा को. २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडिको भागमा साँझ करिब ७ बजे मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सिंघक गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
मोटरसाइकलको पछाडि बसेकी दमक–५ की ३५ वर्षीया अनिता राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको जानकारीसमेत प्राप्त भएको छ । ट्रयाक्टर चालक मोरङ सुन्दरहरैचा नगरपालिका वडा न.१ लक्ष्मीपुर बस्ने ३३ वर्षीय सुरेन उराउलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा निधन भएका लिम्बूको सोमबार पोष्टमार्टमगरी स्थानीय निन्दा नदीमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ । उनको आमा, १ जना दाजु, श्रीमती, १ छोरा र १ छोरी छन् । छोरालाई बैदेशिक रोजगारीमा पठाउन आज पासपोर्ट बनाउन जाने कुरा थियो गहभरी आँसु पार्दै दिदीले भनिन् फर्किहाल्छु भनेर हिजो ४ बजे हिँडेको भाइ घर फर्कनै पाएन ।
2024-12-16 मा प्रकाशित
प्रतिकृया दिनुहोस्