मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ ।
सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन हुनेछ । पुस २ गते २ नम्बर वडामा सम्पन्न गरेको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम बुधबार वडा नम्बर ३ मा सञ्चालन भएको थियो ।
यस वडामा नयाँ तथ्यांक अनुसार ७९ जना अपाङ्गता भएका मानिसहरू रहेको मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिए । उनका अनुसार अभियानमा सबै लक्षित वर्गको सहभागीतामा रहेको बताए । उनले अपाङ्गता भएकाहरूको बिशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र बितरणसमेत वितरण गरिएको बताए ।
नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ गते वडा नम्बर १, २ र ३ गते आज वडा नम्बर ३ मा सम्पन्न भएको हो । त्यसै ४, ५, ६ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने छ ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईलीले बताए ।
मेचीनगरमा अपांगता भएका मानिस, नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरले जनाएको छ ।
शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने छ । आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुले सेवा दिने मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् । उनले बिहीबार बिहान ८ बजेदेखि मेचीनगर ४ वडा कार्यालयमा कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्