प्याब्सन झापाको दुई दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न, राष्ट्रिय नृत्यमा पारिजातले जित्यो उपाधी

2024-12-22 मा प्रकाशित

मेचीनगर । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  झापाको आयोजनामा सञ्चालित दुई दिवसीय  सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा गायन तर्फ कक्षा ११ १२ साथै १२ वर्ष मुनिका विद्यार्थी र कक्षा १० सम्म्का विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसैगरी नृत्य तर्फ कक्षा ५ सम्मका विद्यार्थीहरुले आधुनिक गीतमा नृत्य प्रस्तुत गरेका थिए भने राष्टिय गीत र लोकसांस्कृतिक गीतमा समेत नृत्य प्रस्तुत गरिएको थियो ।
दिव्य रत्न स्कूल सुरुङ्गामा आयोजित कार्यक्रममा १५ पालिकाका १५ वटा विद्यालय सहभागि बनेका थिए । प्रतियोगितामा राष्ट्रिय नृत्य तर्फ सहभागि विद्यालयहरुलाई पछि पार्दै मेचीनगर स्थित पारिजात पब्लिक स्कूल प्रथम बन्यो ।

प्रतियोगितामा सहभागि १४ विद्यालयहरुलाई पछि पार्दै पारिजातले उपाधी हात पारेको हो । प्रतियोगितामा दोस्रो प्रगति मावि अर्जुनधारा र नेहारिका बोर्डिङ स्कूल कमल तेस्रो बन्यो ।
आधुनिक नृत्य तर्फ प्यारागन एकाडेमी सुरुङ्गा प्रथम, कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्ति दोस्रो र प्रगतिमावि अर्जुनधारा तेस्रो घोषित भयो ।
त्यसैगरी सांस्कृतिक नृत्य तर्फ प्यारागन एकाडेमी सुरुङगा प्रथम, कर्णाली एजुकेशन फाउण्डेसन दोस्रो र चिल्ड्रेन इन्भ्यारोमेन्ट स्कूल विर्तामोड तेस्रो बन्यो ।

प्रतियोगितामा गायनतर्फ कक्षा ११,१२ बाट चन्द्रज्योती अंग्रेजी विद्यालय प्रथम, कर्णली एजुकेशन फाउण्डेशन बुद्धशान्ति दोस्रो बिर्ताज्याती अंग्रेजी विद्यालय र ग्लोवल एजुकेशन दमक तेस्रो भए । त्यसैगरी १२ वर्ष मुनिको गायनमा कर्णाली एजुकेशन फाउण्डेशन प्रथम, तारापुञ्ज अंग्रेजी मावि मेचीनगर दोस्रो र बुद्ध स्मृति अंग्रेजी विद्यालय बिर्तामोड तेस्रो बन्यो । त्यसैगरी कक्षा १० सम्मको गायनमा फोनिक्स अंग्रेजी विद्यालय कमल प्रथम, जयपुर अंग्रेजी विद्यालय बुद्धशान्ति दोस्रो , प्यारागन एकाडेमी कनकाई तेस्रो भए ।

कार्यक्रमको अवसरमा पत्रकार लिलाराज झापाली सहित चार जनालाई सम्मान गरिएको छ । प्याब्सन झापा स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सल्लाकार मिलनकुमार ढुंगाना, बाह्दशी प्याब्सन अध्यक्ष देवेन्द्र चौलागाई, र शैक्षिक सत्र २०८० को एसईई परीक्षामा उत्कृष्ट अंक ४ जीपिए ल्याउने सिद्यार्थ बोर्डिङ स्कूलकी छात्रा कुसीका बस्नेतलाई सम्मान गरिएको थियो । सम्मानित चारै जनालाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयहरुले प्रदेश स्तरीय कार्यक्रममा सहभागि हुने आयोजकले जनाएको छ ।
प्याब्सन झापा अध्यक्ष गौरीमान फागोको सभापतित्व तथा सांसद एपली साँवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, प्याब्सन कोशी प्रदेश बरिष्ट सल्हाकार तेजप्रसाद श्रेष्ठ, प्याब्सन कोशी प्रदेश सचिव कोषराज प्याकुरेल, कोशी प्रदेश कार्यसमिती सदस्य ज्ञान कुमार थलाङ   पूर्व जिल्ला अध्यक्ष नारायण घिमिरे, एलपी उप्रेती, प्याब्सन केन्द्रिय सदस्य मोहन सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला वरिष्ट उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरिकृष्ण पाठकले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु