मेचीनगर । भारतको राजस्थान स्थित अलवर शहरमा भइरहेको अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने भएको छ ।
थिएटरले बिहीबार पत्रकारसम्मेलन आयोजना गरेर नेपाको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागि हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिवर्तन थिएटरकी अध्यक्ष तथा रंगकर्मी कविता नेपालले अन्तराष्ट्रिय नाट्य महोत्सवमा “त्यो फेरि फर्कला” नाटक मञ्चन गर्ने बताइन् । ‘नेपाली संस्कृति देखाउने उद्देश्यले भवानी भिक्षुको नाटक “त्यो फेरि फर्कला” मञ्चन गर्छौ,’ “अध्यक्ष नेपालले भनिन्’ ‘हामीलाई राम्रो अवसर मिलेको छ, राम्रो प्रस्तुती दिनेगरी पूर्ण तयारीका साथ ११ जना कलाकारहरुको टिम महोत्सवमा सहभागि हुन्छौं ।’ एक सय दिन सञ्चालन हुने नाट्य महोत्सवमा हरेक दिन एउटा नाटक मञ्चन हुने र माघ २१ गते अर्थात फेब्रुअरी ३ तारिकका दिन परिवर्तन थिएटरले नाटक मञ्चन गर्ने उनको भनाइ छ ।
विश्व समुदायका नाट्यकर्मीका अगाडि हामीले नाटक मञ्चन गर्न पाउने कुराले उत्साहित भएको थिएटरकी कलाकार दिक्षा मरासिनीले बताइन । त्यस्तै अर्की कलाकार भावना गौतमले राम्रो प्रस्तुतिका लागि अहिले दैनिक अभ्यास गरिरहेको बताइन् ।
नेपालबाट सहभागि हुने परिवर्तन थिएटरका लागि करिव एक लाख खर्च हुने रहेछ अध्यक्ष नेपालले भनिन्, “थिएटरसंग आर्थिक संकट छ, हामीले बिभिन्न दाता र स्थानीय सरकार मेचीनगरसँग सहयोगको अपेक्षा गरेको छौं ।” उनले यस अभियानमा सहयोग गरिदिन आग्रह समेत गरिन् ।
महोत्सवमा सहभागि हुन परिवर्तन थिएटरको कलाकारको समूह माघ १७ गते भारतको राजस्थानतर्फ प्रस्थान गर्ने भएको छ । रंग संस्कार थिएटर ग्रुपको आयोजनामा डिसेम्बर १८ देखि सुरु भएको महोत्सव मार्च २७ तारिक सम्पन्न हुने छ । कार्यक्रमको सञ्चालन सचिव शिशिर चौलागाईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्