नेपाल मानव धर्म सेवासमिति मेची क्षेत्रद्धारा राहात तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

2025-01-26 मा प्रकाशित

मेचीनगर । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर– १४ स्थित कृष्ण प्राथमिक विद्यालयका छात्र– छात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
श्री सतपाल जी महाराज का जेष्ठ सुपुत्र श्रदेय विभूजी महाराजको जन्म उत्सवको अवसर पारेर मानवधर्म सेवा समितिले सो विद्यालयमा अत्ययनरत १०६ जना छात्र– छात्राहरुलाई कापी, डटपेन, पेन्सिल र साप्नट प्रदान गरेको हो ।


माहात्मा धर्मिता वाइजीको सभापतित्व एवम् मचीनगर –१४ का वडाध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि सुब्बाले मानवीय सेवामा समर्पित मानवधर्म सेवा समितिले समाजमा पारेको सकारात्मक प्रभावको प्रशंसा गरे ।


सो अवसरमा पूर्व वडाध्यक्ष शंकर पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगाना, त्रिदेव बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष माधव प्याकुरेल, नेपाल मानवधर्म सेवासमिति मेचीक्षेत्रका अध्यक्ष दशरथ राई, युथ संयोजक आशिष संग्रौला लगायतले बोलेका थिए । कार्यक्रमका वक्ताहरुले शिक्षा क्षेत्रमा पुर्याएको यागदानको चर्चा गर्दे आगामी दिनमा समेत विपन्न विद्यार्थीहरुको साहारा बन्न अनुरोध गरे । मानव धर्म सेवासमितिले विगत केही वर्षदेखि शिक्षा अभियान अन्तर्गत जिल्लाका बिभिन्न विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै आएको मिडिया संयोजक पदम थापा मगरले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन समिरा रैका मगरले गरेकी थिइन् ।


मानव धर्म सेवासमितिले हालै पाँचथरको फालेलुङ् ५ र ६ नम्बर वडामा बाढी पहिरो प्रभावित १६ घर परिवारकोलागि कमल, सिरक, डसना लगायतका सामग्री हस्तान्तरण गरको संस्थाका सञ्चालक समिति सदस्य सचिन निरौलाले जानकारी दिए । समितिले केही साता अधि बौद्धमोडमा स्वास्थ्य शिविर कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु