चारआली । मेचीनगर– १२ श्री माधव संस्कृत विद्याश्रम एबम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा फागुन ७ गतेदेखि श्रीमद् भागवत महापुरण
आयोजना हुने भएको छ ।
पण्डित हरिकृष्ण भण्डारीले आफूले अध्ययन गरेको संस्कृत विद्यालयमा पहिलो पटक फागुन ७ गतेदेखि सञ्चालन हुने श्रीमद् भागवत सप्ताह एबं धनधान्याचल बिराट ज्ञानमहायज्ञमा कथा बाचन गर्ने भएका छन् ।
आफ्ना हजुरबुवा र बुवाको परिकल्पनामा स्थापनापछि सञ्चालनमा रहेको माधव संस्कृत बिद्याश्रमको चौतर्फी विकास गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह एबं धनधान्याचल बिराट ज्ञानमहायज्ञमा पंं भण्डारीले पहिलो पटक कथा पारायण गर्ने आइतबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए ।
गुरुकुल विद्यालय सञ्चालनमा आएको समस्यालाई ब्यवस्थापन गर्न, अध्ययनरत विद्यार्थीलाई निःशुल्क संस्कृत पठनपाठन, आवासको ब्यवस्थापन गर्न, निर्माणाधिन भवनलाई पूरा गरी गुरुकुलको स्तरोन्नति गर्न महायज्ञको आयोजना गरिएको पुराण मुल आयोजक समितिका संयोजक तिलक गिरीले बताए ।
उनका अनुसार पुराण सम्पन्न गर्न नौ लाख खर्च हुने र दानबिर दाताबाट ५० बढी संकलन हुने अनुमान गरिएको छ । बचेको रकमबाट विद्यालयको चौतर्फी विकास र स्तरोन्नतिमा खर्च गर्नेछ ।
विद्वान पण्डित माधवप्रसाद भण्डारीले बालबालिकालाई शिक्षा दिने उद्देश्यले बिक्रम सम्बत् २०३८ सालमा सुरु गरेर २०५५ सालदेखि बिधिवत रुपमा दर्ता गरी झापाको हाल मेचीनगर (१२ श्रीमाधव संस्कृत बिद्याश्रम (गुरुकुल) को रुपमा सञ्चालनमा ल्याएको थियो ।
२७ औं बार्षिकोत्सव एबम् महाशिवरात्रीको अवसरमा आयोजना फागुन ७ गतेबाट आयोजना हुने महायज्ञमाको उद्घाटन श्री १००८ प्रा. डा.पुरुषोत्तमाचार्य स्वामीज्युको गर्ने कार्यक्रम तय गरिएको सचिब यमनाथ बरालले जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्नका लागि १५ प्रचारप्रसारसहितको उपसमिति बनाएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्