मालुममा सात दिवसीय प्राकृतिक चिकित्सा तथा स्वस्थ उपचार शिविर शुरु

2025-03-22 मा प्रकाशित

इलाम । इलाम जिल्लाको सूयोदय नगरपालिका वाड न.– ८ स्थित मालुममा शनिबारदेखि सात दिवसीय प्राकृतिक चिकित्सा तथा स्वस्थ उपचार शिविर शुरु भएको छ ।
सदगुरु मानव सेवा फाउन्डेसन र राष्ट्रिय उधमशीलता विकास केन्द काठमाडौंको आयोजना र सूर्याेदय नगरपालिका वाड न ८ को समुन्वयमा सञ्चालित शिविरको उद्घाटन सोही वडाका वडासदस्य कमल गड्तौलाले गरेका थिए । प्रमुख अतिथिले गड्तौलाले फाउडेशनले सामाजिक रुपान्तरमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक सचिन निरौलाले समाज रुपान्तरणकोलागि फाउन्डेसनले मानवीय सेवामा समर्पित भएर बिभिन्न कार्यक्रम गर्दै आएको बताए । मालुम क्षेत्रमा दुई महिना अघि साप्ताहिक पुराण आयोजना गरेर अपाङ्गता साहायक सामाग्री वितरण, तथा स्वस्थ्य शिविर सञ्चालन गरिएको जनाउँदै उनले सहभागिहरुलाई आगामी दिनमा फउन्डेसनमा जोडिएर देशभर सामाजिक क्षेत्रमा लाग्न अनुरोध समेत गरे । फाउन्डेशनले सोही वडामा ‘प्राकृतिक जीवनशैली जिउँ प्रकृति र मानवलाई विषादीबाट बचाआंै’ भन्ने उद्घोषका साथ चैत ७ र ८ गते प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको उनले बताए ।


सात दिवसीय स्वास्थ्य शिविरमा ५०० बढी बिरामीले सेवा पाउने आयोजको भनाइ छ ।कार्यक्रममा वाड सदस्य लोक बहादुर श्रेष्ठ ,दीर्घमाया नेपाल, लक्ष्मीरमण खतिवडा, कुमार ढुङ्गना, हरिचन्द रिजाल, चिकित्सक दिपक वाग्ले , पुष्पा शर्मा पोख्रेल, सीता शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो । सदगुरु मानव सेवा फाउन्डेसन सूर्याेदय नगरपालिका नगर कमिटिको अध्यक्ष अनिता पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फाउन्डेसनका केन्द्रीय सदस्य तथा ईलाम जिल्ला प्रमुख तारा नेपालले गरेका थिए ।

शिविरमा मुटु, मृगौला नशा, प्यारलाइसिस, बाथ, थाइराइट, प्रेसर, सुगर लगायतका विरामीको  स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरिएको फाउन्डेसनका केन्द्रीय सदस्य तथा इलाम जिल्ला प्रमुख तारा नेपालले जानकारी दिए । थेरापी, अकुप्रेसर र अकुपञ्चर विधिबाट र विरामीहरुको उपचार हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु