दलालको फन्दाबाट जोगिए तीन युवती

2020-10-06 मा प्रकाशित

मेचीनगर, २० असोज । कोरोना भाइरसको महामारीकाबीच पनि चेलीबेटी बेचबिखनका घटना न्यूनिकरण हुन सकेको छैन् । दलालहरु भारतीय बजारमा बस्ने र नेपाली चेलीहरुलाई घुम्ने बहानामा बोलाउनेगरेको घटना सार्वजनिक हुन थालेका छन् । यस्तै क्रममा सोमवार नेपाल भारत सीमा क्षेत्रको काँकरभिट्टाबाट भारत तर्फ जानलागेको अवस्थामा माइती नेपालले तीन युवतीको उद्धार गरेको छ ।

माइती नेपालले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्यमा उनीहरुको उद्धार गरेको जानकारी दिएको छ ।

युवतीहरु सुनसरी, गौरादह नगरपालिका र गोरखा घर भई भत्तपुरबाट आएको कार्यालयले जनाएको छ । १८ बर्ष उमेर समूह रहेका तीनै जनालाई आफ्नै साथीले भारतको पानीटेंकीमा दिदीको घर भएको र जागिर लगाईदिने प्रलोभनमा पारेर सीमा क्षेत्रसम्म बोलाएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । संयोजक घिमिरेले कोरोना महामारीको भयावह अवस्थामा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको बताए ।

उनले यस अघि पनि बन्दाबन्दीकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट चार जनालाई रोकथाम गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु