मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी, नगरले थाल्यो वडास्तरीय छलफल

2025-06-02 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउने भएको छ । सो अभियान सफल पार्न यतिखेर मेचीनगरले नगरका १५ वटै वडाहरुमा छलफललाई तीब्र पारेको छ ।
सोमबार मेचनगर –५ मा आयोजित वडा भेलामा प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले हरेक टोलमा विकास निर्माणसँग जोडिएका बिभिन्न किसिमका योजनाहरु लिपीवद्ध गर्ने काम योजना बैंक भएको बताउँदै अव योजना बैंकमा समावेश नभएका कुनैपनि कार्यक्रमहरु कार्यान्वयन नहुने बताए । योजना बैंक एउटा पैसाको बैंक जस्तै हो, उनले भने, ‘त्यस बैंकमा योजनाहरु हुन्छन् हामी ति योजना झिकेर कार्यान्वयन गछौं । , उनले दीर्घकालीन योजना नबनाई बजेट विनियोजन गर्ने परिपाटीले धेरै योजनाहरु अलपत्र पर्ने गरेको बताए ।
कार्याक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेचीनगरमा सेवाग्राहीलाई छिटोछरीतो र विश्वस्नीय सेवा प्रवाह गर्न आगामी साउनदेखि एकीकृत सेवा प्रणाली लागू गर्ने तयारी रहेको समेत जानकारी दिए । निराशावादी सोचका कारण मानिसले प्रगति गर्न नसकेको बताउँदै उनले सानो सानो कुराहरुमा समेत खुसी हुन सक्नुपर्ने धारणा राखे । पछिल्लो समय मेचीनगरमा दृत गतिमा विकास अभियान अघि बढेको उनको भनाइ थियो ।


कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले आयोजना बैंक र वार्षिक तर्जुमा गोष्ठि संघसंगै ल्याएको बताए । आयोजना बैंकमा समाबेस नभएका कुनैपनि कार्यक्रम वार्षिक योजनामा ल्याउन नपाइने उनको भनाइ थियो ।
यस अघि प्रभावका हिसावमा योजना छान्ने गलत अभ्यास भइरहेककोले धेरै जसो निमाण कार्यले गति लिन नसकेको बताउँदै उनले प्रणलीबाट सम्बोधन गर्नेगरी योजना बैंक, वर्षिक योजना तर्जुमा, एकीकृत सेवा प्रणालीलाई संघसंगै लानेगरी एउटा सिस्टम डेब्लप गरेको बताए । उनले हरेक योजना छनौट गर्न टोल विकास समिति भरपर्दाे माध्यम भएको धारण समेत राखे ।
नगरपालिकाका जुन सुकै योजनाहरु जनताले थाहा पाउने गरी प्रविधियुक्त बनाउन टोल विकास, विभिन्न संघ–संस्था लगायतबाट माग गरिएका योजनाहरु फार्म भरेर योजना बैंकको प्रणालीमा हालेर प्राथमिकताका आधारमा छनोट हुने उनको भनाई थियो
७२५ वटै टोल विकास, विभिन्न संघ–संस्था लगायतबाट फार्म भरेर आएका योजनाहरु वडा कार्यालयको प्रविधिमा राखेर नगरपालिका कार्यालयको योजना बैंकमा समावेश हुने छ ।
पूर्वाधार र गैर पूर्वाधारका योजनाहरु दुई प्रकारका फार्ममा भरिसकेपछि योजना मोनिटरिङ प्रणाली जस्तै तीन वर्षे मध्येकालिन खर्च समावेश हुने गरी योजना बैंकमा समाबेश गरिने छ ।
सो अवसरमा प्रविधिको बारेमा सूचना प्रविधि अधिकृत असोक भेटवालले प्रकाश पारेका थिए ।  कार्यक्रममा वडासदस्यहरु मनबहादुर लिम्बू, पुष्प कुमार गेलाल, देवीमाया विक,  मेचीनगरपालिकाका राजश्व प्रमुख प्रेम पराजुली, नेकपा एमाले मेचीनगर ५ का वडाध्यक्ष रविन राउत , नेपाली काँग्रेसका वडासभापति नारायण खड्का, माओवादीका वडाध्यक्ष कविराज गिरी, राप्रपाकी वडाध्यक्ष पवित्रा थापा, रास्वपाका वडाध्यक्ष दिलिप कार्की , संघीय समाजवादीका वडा अध्यक्ष यामबहादुर सावदेन लगायत बिभिन्न टोलका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । ।
मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कायक्रमको सञ्चालन कार्यपालिका सदस्य माया प्याकुरेलले गरेकी थिइन् ।
आइतबार वडानम्बर १,२ र ३ नम्बर वडाहरुमा कार्य सम्पन्न धएको थियो । भने सोमबार ४, ५ र ६ नम्बर वडाहरुमा कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वडा नम्बर ७, ८ र ९ नम्बर वडामा, बुधबार वडा नम्बर १०, ११ र १२ नम्बर वडामा तथा विहीबार वडा नम्बर १३, १४ र १५ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु