रोटरी क्लब अफ काँकरभिट्टाको १६ औं पदस्थापन, ‘रोटरीले समाजमा गरेका काम प्रशंसायेग्य छन् ’: डिस्ट्रिक गभर्नर कोइराला

2025-07-09 मा प्रकाशित

धुलावारी। रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल —भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १६ औँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमसँगै सन् २०२५÷२६ को नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । होटल मेची क्राउनको कैलास सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाले गरेका थिए ।

क्लबका निवर्तमान अध्यक्ष, डाक्टर आनन्दराज खनाल, प्रमुख अतिथि डिस्ट्रिक गर्भनर कोइराला र कार्यक्रममा सहभागी जोन ३८ का असिस्टेन्ट गर्भनर निकिता गिरीले सन् २०२५÷२६ का अध्यक्ष उदयकुमार श्रेष्ठलाई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गराएका थिए ।

त्यस लगत्तै प्रमुख अतिथि डिष्ट्रिक गभर्नर कोइरालाले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

अध्यक्षको सपथ ग्रहण पश्चात सन् २०२५÷२६ का अध्यक्ष श्रेष्ठले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गरे । श्रेष्ठले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदैं क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरिएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुजन प्रधानले प्रमुख अतिथि कोइरालाको जीवनीमाथि प्रकाश पारे ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि डिस्ट्रिक गभर्नर कोइरालाले रोटरीको सदस्य बन्नु एउटा गौरवको विषय बन्ने भन्दैं हरेक व्यक्ति कहि न कहिबाट रोटरीमा जोडीन आग्रह गरे ।

यसले हरेक व्यक्तिको व्यक्तित्व र क्षमतामा विकास हुने, देश विदेशका जुनसुकै भागमा रहेका व्यक्तिहरुसँगको सम्बन्ध निक्कै फराकिलो हुदैं जाने उनले बताए । हरेक साल एकजना नयाँ सदस्य जाने अध्यक्षको टिमले आउने अध्यक्षको टिमलाई हस्तान्तरण गर्न उनले सुझाँव समेत दिए । हरेक रोटरी क्लबहरुलाई समाजमा सकरात्मक र रचनात्मक काम गर्न भन्दैं यसमा डिस्ट्रिक र आफ्नो व्यक्तिगततर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सेवाभावले स्थापना भएको रोटरीले हरेक विषम परिस्थितिमा समाजलाई थप योगदान दिने र कोभिड–१९ ले आक्रान्त बनाएको परिस्थितिमा शहरमामात्र नभएर देशको ग्रामीण क्षेत्रमा समेत थप सहयोग रोटरी क्लबहरुले गरेको उनले स्मरण गरेका थिए । नेपालमा सम्भावना र अवसरहरु थुप्रै भएपनि हामीले त्यसलाई सही ठाउँमा प्रयोग गर्न नसकेको बताए ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले रोटरी क्लबसँग स्थानीय सरकारको सम्बन्ध निक्कै समधुर भएकाले उस्का हरेक क्रियाकलापमा स्थानीय सरकारको साथ सहयोग र समन्वय रहने बताइन् ।

सामाजिक संस्था रोटरीले पोलियो उन्मुलनलगायत मातृशिशु स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण र हाइजिन, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको भन्दैं उनले प्रशंसा समेत गरिन् ।

‘रोटरीले नेपालका अस्पतालहरुमा भेन्टिलेटर्स, डायलासिस मेसिन, मेडिकल उपकरण, क्यान्सर स्क्रिनिङ, रेटिना, एक्सरे, इसिजी, ह्विलचियरहरु वितरण गरिसकेको छ । यी कामले गर्दा पनि रोटरीका हरेक काम प्रशंसायोग्य रहेका छन् ।’ उनले भनिन् ।

कार्यक्रममा जोन ३८ का असिस्टेन्ट गर्भनर निकिता गिरी, क्लबका पूर्व अध्यक्ष एवम् मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख बिमल आचार्य, पीडीजी डाक्टर पिजुसकान्त रोयलगायतले बोलेका थिए ।

उनीहरुले सेवामुलक कामका लागि रोटरीसंग हातेमालो गरेर अघि बढ्न सामाजिक संस्थालाई आग्रह समेत गरे । शिक्षा, स्वास्थ्य, पर्यावरणीय वातावरण तथा विभिन्न सामाजिक कार्यमा संलग्न रोटरी क्लबले समय–समयमा रक्तदान, बृक्षारोपन, सरसफाईलगायतका सामाजिक कार्य गर्दे आएको छ ।

पहिलो सत्रमा सन् २०२४÷२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालले आफ्नो कार्यकालमा क्लबले गरेका विविध गतिविधिहरुका बारेमा जानकारी गराएका थिए भने, सन् २०२५÷२६ का अध्यक्ष उदयकुमार श्रेष्ठले आफ्नो कार्यकालमा गर्ने भावी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठले र दुईचरणमा भएको कार्यक्रमको पहिलो सत्रको सञ्चालन क्लबका सन् २०२४÷०२५ का सचिव इञ्जिनियर जीवन भट्टराई र दोस्रो सत्रको सन् २०२५ ÷ ०२६ का सचिव रविन सुवेदीले गरेका थिए । प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवि खनियाँले सहभागी सवैलाई शब्दमार्फत स्वागत गरेकी थिइन् ।

टोस्ट प्रपोजल निवर्तमान अध्यक्ष डाक्टर खनाल र बर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले संयुक्तरुपमा प्रस्तुत गरेका थिए । क्लबका प्रेसिडेन्ट नोमिनी कृष्णराज पौडेलले सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सन् २०२५÷२६ को जिम्मेवारी

सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा यसअघि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष (प्रेसिडेन्ट इलेक्टमा) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान अनुसार उदयकुमार श्रेष्ठ सन् २०२५÷२६ को अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष श्रेष्ठका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा लक्ष्मीदेवी खनियाँ, र प्रेसिडेन्ट नोमिनीमा कृष्णराज पौडेललाई चयन गरिएको छ । प्रथम उपाध्यक्षमा युवराज भट्टराई, द्वितीय उपाध्यक्षमा शरद खनाल, सचिवमा रविन सुवेदी, कोषध्यक्षमा कृष्णकान्त ‐नवराज) खनियाँ, सहसचिवमा दुर्गाबहादुर लुइटेल, क्लब एडमिनिस्ट्रेशन चियरमा रोहितकुमार बुढाथोकी, मेम्बर सीप कमिटी चियरमा रीता प्रधान, पब्लिक इमेज चियरमा भगिरथ राई, सर्भिस प्रोजेक्ट चियरमा दीपेन्द्रराज पाण्डे रोटरी फाउन्डेसन चियरमा मोहन निरौला, यूथ सर्भिसमा पेमा तामाङ, ,सरजेन्ट एट आम्र्समा सुजन प्रधान चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु