मेचीनगर ५ मा पैनीमा डुबेर एक युवकको मृत्यु

2025-07-09 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित राममन्दिर टोला बुधबार साँझ पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
निन्दा राजपैनीमा डुबेर सोही टोल निवासी ३९ वर्षीय उत्तम सुब्बाको मृत्यु भएको हो । केही वर्षदेखि मिर्गी रोगको शिकार बनेका उनले अत्याधिक मात्रामा मादक पदार्थ समेत सेवन गर्दै आएका थिए ।
पैनीमा डुबीरहेको अवस्थापा उनलाई स्थानीयले करिव ८ः३० बजे राती देखेपछि तत्काल पैनीबाट निकालेर जनप्रतिनिध र प्रहरीलाई खवर गरेको थिए ।
खवर पाउनासाथ नकलबन्दा प्रहरी चौकी र ईप्रका काँकरभिट्टाको टोली घटना स्थल पुगेको थियो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि शवलाई पोष्टमार्टमको लागि भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु