मेचीनगर । झापाको मेचीनगर –१ स्थित ४९ धारा मनसादेवी हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ ।
सो क्षेत्रमा मच्छ्रय देवता तथा नाग देवताको वासस्थान रहेको स्थानीयहरुमा धार्मिक विश्वास रहँदै आएको र हरेक वर्ष नाग पञ्चमीको दिन विशेष पूजा आरधना गरिँदै आएको ४९ धारा मनसादेवी हिले सिमसार धार्मिक तथा पर्यटकीय स्थलम संरक्षण समितिका अध्यक्ष महेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन ११ गते साकेला नृत्य बिभिन्न जातजातिको झाँकी, लाखेनाच, च्याबु्रङ्नाच, भजन किर्तन, सांगीतिक नृत्य प्रस्तुत हुने छ ।
दोस्रो दिन पूजाअर्चना, विद्यालय स्तरीय कार्यक्रम तथा ख्याती प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुरहने र तेस्रो दिन विषेश गरी नागपञ्चमीको पूजा अर्चना, काल सर्प योग निवारणकोलागि होमादी तथा भजन किर्तन आयोजना हुने उनले बताए ।
सो क्षेत्रको विकास र प्रवद्र्धको लागि स्थानीय समाजसेवी डिकेन्द्र थापाले १ कठ्ठा, चन्द्र थापाले १ कठ्ठा र गोविन्द राई परिवारले समेत १ कठ्ठा गरी जम्मा तीन कठ्ठा जमिन औपचारीक रुपमा प्रदान गरेपछि समितिले सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै ४९ धारा तथा थप ६ धारा गरी आकर्षक ५५ धारा निर्माण गरेको छ भने सो आकर्षक धाराले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुको साथै हिन्दु धर्मावलम्बी र बौध धर्मावलम्बीहरुको धार्मिक आस्थालाई समेत थप मजबुत बनाउने अध्यक्ष मल्लले बताए ।

‘यहाँ मच्छ्य देवताको वासस्थान छ, ६३ सालतिर अनौठो खालको माछा भेटिएको थियो,’ माछा भेटिएको कुवा देखाउँदै समितिका अध्यक्ष महेन्द्र मल्लले भने, ‘सो माछा स्थानीयले समातेर घर लगे तर अनौठो प्रकृतिको भएकोले कसैले खाने आँट गरेन, जसले समातेर लग्यो उसको परिवारमा सानो नानी विरामी पर्याे, त्यसपछि धामी बिजुवालाई देखाउँदा कुवाबाट ल्याएको सो बस्तु तत्काल सोही कुवामा फर्काएर दुध चडाए र धुप बात्ती गरे ठिक हुने बिजुवाले बताएसँगै सोही अनुसार माछा कुवामै लगेर छोडेकोे र पूजा आजा गरेर दुध चढाएपछि सानो नानी पूर्ण रुपमा ठिक भएको थियो ।’ सो घट्ना पछि सो क्षेत्रमा धार्मिक आस्था र विश्वास बढेको उनले बताए ।
अनौठो माछा देखेको घटनालाई सम्झँदै प्रतक्षदर्शी जीवन थापा मगरले भने, ‘हामी माछा मार्न चारजना हिँडेका थियौं, अन्तिममा यस कुवामा आएर माछा मर्याै, यहाँ अनोठो खालकोे ठूलो माछा भेटियो, तर खाने विषयमा कसैको सहमति भएन, माछै अनौठो थियो । त्यसपछि त्यसलाई पानीको भाँडोमा राखिउँ । राती त्यसको आँखा बल्थ्यो सोही रात माछा राखेकै घरमा विरामी पर्नु भयो, धामी बिजुवाई हेराउँदा त्यो माछा तत्काल कुवामा पुर्याएर पूजा आजा गर्नु भने पछि हामीले ठूलो पूजा लगाएका थियौं, विगतलाई सम्झदै उनले भने, ‘त्यसपछि यो क्षेत्रमा धार्मिक विश्वास बढेको छ, हरेक वर्ष पूजा आजा हुन्छ अवत पर्यटकीय क्षेत्र पनि भयो ।’
सो क्षेत्रमा हाल नाग देवताको प्रतिमा, आकर्षक ४९ धारा र थप ६ मच्छ्य धारा, मनसादेवी भवगतीको मन्दिर निर्माण गरिएको छ भने कार्यक्रम स्थाल, होमादी स्थल तथा पदमार्ग निर्माण सम्पन्न गरिएको छ । मनसा देवीको मन्दिरमा गएर सफामनले मागेको हरेक मनोकामना पुराहुने धार्मिक विस्वास समेत रहँदै आएको अध्यक्ष मल्लको भनाइ छ ।
हिलेधाप सिमसार क्षेत्रको विकास र प्रवद्र्धनमा वडा कार्यालय तथा सिंगो समाजले हातेमालो गर्दै अघि बढेको जग्गादाता एवम् समितिका सल्लाकार डिकेन्द्र थापाले बताए । औपचारीक रुपमा एक कठ्ठा भएपनि व्यवहारिक रुपमा करिव चार कठ्ठा जमिन योगदान गरेका सल्लाकार संयोजक थापाले भने, ‘यहाँ सानो कुवा थियो, हामी खेती गथ्र्याै, गाउँका सबैले यहीँको पानी पिउँथे, पछि अनौठो किसिमको माछा देखेपछि देवी देवताको बास रहेको विश्वासको आधारमा हामी संरक्षणमा जुटुयौं । आज धेरैतिर यसको चर्चा सुरु भएको छ ।’
२०७४ सालमा पुराण लगाएर मन्दिर निर्माण गरिएको र आगामी वर्ष सो क्षेत्रमा गुम्बा समेत निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्