‘डी कौडिण्य पत्रकारिता पुरस्कार’बाट पत्रकार पुरी सम्मानित

2025-07-23 मा प्रकाशित

झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ञडि(कौडिन्य स्मृति पत्रकारिता पुरस्कारझ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ ।ँ

प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डी कौडिण्य  स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहबीच दुईदशक यता क्रियाशिल पत्रकार पुरीलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक(सम्पादक हुन् ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले नगद ४२ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरेका थिए ।

प्रेस सेन्टर नेपालका पुर्व अध्यक्ष तारामणि साप्कोटाले एक दशक अघि पाँच हजार राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको राशी क्रमशस् बढाएर गएको वर्षदेखि नगद ४२ हजार पुर्याएको हो ।

प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कार वितरण गरिसकेको छ ।

त्यस्तै यसै वर्षदेखि सुरु गरेको ञडि कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोषझ मा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपि भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, माओवादी केन्द्र प्रदेश नम्बर(१ का उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपिन राई, देवकुमार आचार्य ९डि कौडिन्य० को धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचीव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मन्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईंलगायत शुभकामना मन्तब्य राखेका थिए ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य एबम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डि कौडिन्यको जीवनीमाथी चर्चा गरेका थिए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष पुस्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने प्रकाश उप्रेती र राजन साम्पाङले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु