मेचीनगर । समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भुइँमान्छे’ कृतिको शनिबार लोकार्पण गरिएको छ ।
काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सो कृति लोकार्पण गरेका हुन् ।
झनकप्रसाद–खिनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गर्दै अध्यक्ष लिङ्देनले ‘झनकबाजे’ जस्तो समाजमा योगदान पुर्याएका समाजसेवी व्यक्तिको स्मृतिग्रन्थ निकालेर प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताए ।

स्व. झनकप्रसाद कट्टेलका छोराहरुले मुक्तिनाथ विकास बैंकमा रु. ५० लाखको अक्षयकोष राखेर प्रतिष्ठान विधिवत् शुभारम्भ भएको सोही कार्यक्रममा घोषणा गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, प्रदेश सांसद गोपाल तामाङ, कट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेल, मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्य लगायतले झनकप्रसाद कट्टेलको व्यक्तित्वको चर्चा गरे ।
सोही अवसरमा स्थानीय बाबुल मालपाडेलाई रु. २५ हजारको नगदसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष डम्बरुवल्लभ कट्टेलले आगामी दिनमा प्रतिष्ठानले रचनात्मक गतिविधि गर्दै जाने बताए । ‘झनकबाजे’को व्यक्तित्व परिचय साहित्यकार पुण्यप्रसाद खरेलले र स्मृतिग्रन्थको समीक्षा निरोज कट्टेलले गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद् सविना बजगाईं, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रतिष्ठानकी संरक्षक खिनमाया कट्टेल, साहित्यकार पुण्यप्रसाद खरेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।
वडाध्यक्ष ललित तामाङ, वडाध्यक्ष प्रह्लादमणि ओली, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति राम कट्टेल, नेकपा एमालेका नेता बन्धनकुमार मुण्डा, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष डिल्लिराम घिमिरे, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, धुलाबारी क्याम्पसका पूर्व प्रमुख पुष्पराज पौडेल, अग्रज समाजसेवी कृष्णप्रसाद उप्रेती, काँकरभिट्टा माविका प्रअ देवेन्द्र निरौला, रोहित बुढाथोकी, दीपक पोखरेल, परशुराम तिमसिना, कल्पना ओली, अमर परियार, झनक नेउपाने, करुणा रिजाल, विद्या मैनाली, जय आचार्य, विष्णु गौतम, राजन भेटवाल, जीएन उप्रेती, सहदेव राजवंशी लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव दामोदर ढुङ्गेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्