झापा । पोल्ट्री व्यवसायमा भोग्नुपरेका बिभिन्न समास्या समाधानका लागि हालै व्यवसायीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकार्षण गराएका छन् ।
व्यवसायीहरुले कुखुराको मासु, चल्ला, अण्डा, दाना, कर लगायतका विषयमा वर्षाैदेखि भोग्नु परेको समस्या समाधानकालागि पहल गरिदिन प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
ध्यानकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पोल्ट्री क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गरिने आश्वासन दिएको मेची उद्योगा वाणिज्यसंघका अध्यक्ष खेम प्रसाईले जानकारी दिए ।
कुखुराको दानाका लागि भारतबाट आयात हुने भटमास र मकैको पिनालाई नेपालको भन्सारले कृषि सुधार शुल्क भनेर किसानलाई मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशत कर लाउने गरेको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य सुवोध निरौलाले बताए ।
कुखुराको दानाका लागि कच्चा पदार्थका रुपमा भटमासको पिना र मकै भारतबाट आयात हुने गरेको छ । नेपालमा मकै ३० प्रतिशत मात्र उत्पादन हुन्छ भने भटमासको उत्पादन नगन्य छ ।
भटमास र मकैका लागि भारत गइरहेको ठूलो धनराशी रोक्न पनि किसानलाई समयमा नै मलखाद, सिँचाई, विउँविजन र कृषि तालिमको व्यवस्था गर्नु पर्ने संघको माग छ ।
खुल्ला सीमा नाका कारण प्रतिबन्धित कुखुराको मासु, चल्ला र अण्डा अवैध रुपमा नेपाल भित्रिरहेको निरौलाको दावी छ ।
नेपाल कुखुराको मासु, अण्डा र दानामा आत्मनिर्भर बन्दै गइरहेकालेसीमा नाकाबाट अवधरुपमा भित्रिने मासुजन्य पदार्थ दानामा रोक लगाउनु पर्र्ने व्यवसायीहरुको भनाई छ ।
नेपाल उद्योगा बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, नेता विष्णु प्रसाई, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष पुरी, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य निरौला लगायतको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेको थियो ।

प्रतिकृया दिनुहोस्