विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न मेचीनगरमा ‘स्कुलस् ब्रेन वेभ सर्कल’

2025-08-29 मा प्रकाशित

मेचीनगर । शुक्रबार दिउँसो मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर निक्कै भिडभाड थियो । मेचीनगर क्षेत्रमा रहेका ९ वटा संस्थागत विद्यालयहरुबाट उत्साह पूर्वक विद्यार्थीहरु सो कार्यक्रममा सहभागि थिए । उनीहरुले आफनो, सीप, कला, क्षमता समेत प्रस्तुत गरे । सहभागि विद्यालयहरुले आफ्नो कला, सीप र क्षमता प्रस्तुत गरिरहँदा सहभागि अभिभावक र अतिथि दंग थिए । सहभागि विद्यार्थीहरुले विज्ञानका सामाग्रीहरु समेत प्रस्तुत गरेर आफ्नो सीप र क्षमता प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले प्रदर्शन गरेको आकर्षक विज्ञान प्रदर्शनीले सहभागि धेरैको ध्यान तानेको थियो । उनीहरुले रोवर्ट, थोपा सिँचाई प्रणली, इलेक्ट्रिक गिजर, पावर हाउस, ध्वनी प्रदुर्षण नियन्त्रण गर्ने मेसिन, एयर फिल्टर लगायतका बिभिन्न आकर्षक सामाग्री निर्माण गरेर प्रदर्शनमा राखेका थिए ।


विद्यार्थीको अन्तरप्रतिभा, पाठ्यक्रम सिकाई र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको थेसिस अंग्रेजी स्कूलका प्रिन्सिपल डम्बर रुचालले स्वागत सहित कार्यक्रमको औचित्य प्रकाश पार्दै भने, ‘विद्यार्थीलाई सवल र सक्षम बनाउन नयाँ पन दिन सक्नु पर्छ, त्यो संकल्प हामीले लिएका छौं । ‘नौ जना नयाँ सोच भएका फउण्डर प्रिन्सिपलहरुको मस्तिस्कले सोचेको नाम हो यो ।’ उनले भने, ‘यसले बे्रनलाई वेब गर्छ, इनोभेट गर्छ, रिसर्च गर्छ, अनि परम्परागत प्रणालीहरुको विकल्पमा नयाँ नयाँ श्रृजना गर्छ ।’

झापा नेशनल स्कुल, थेसिस अंग्रेजी स्कुल, ओसेनिक अंग्रेजी स्कुल, दोकानडाँडा अंग्रेजी स्कुल, ल्होसे अंग्रेजी स्कुल, लिभिङ फाउन्डेसन स्कुल, दुर्गा अंग्रेजी स्कुल, माउन्ट पोइन्ट अंग्रेजी स्कुल र बालबाटिका अंग्रेजी स्कुलका सञ्चालकहरुले साझा प्रतिवद्धता सहित विद्यार्थीहरुलाई सक्षम र सवल बनाउन नयाँपन दिन खोजेको उनले बताए ।
कार्यक्रम विद्यार्थीको छुट्टाछुट्टै नौ बिधामा प्रतियोगितात्मक ‘एक्स्ट्रा करिकुलम एक्टिभिटीज’ समेत गरेका थिए ।

सो अवसरमा कविता प्रतियोगिता, ज्ञानकला प्रतियोगिता, बादबिवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता, लेखन प्रतियोगिता, बिषय अभ्यास प्रतियोगिता, बिज्ञान प्रदर्शनी प्रतियोगिता, कला शैली र भाषण कला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागी स्कुल तथा प्रतियोगी विद्यार्थी उपबिजेता हुँदा निरास हुने र विद्यार्थीले आफ्नो प्रतिभा लुकाइने परिपाटीको अन्त्य गराउन सामुहिक प्रयास खोजेको झापा नेशनल स्कुलका फाउण्डर एबम् प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।
मेचीनगर–७ का वडाअध्यक्ष प्रल्लाद ओलीको प्रमुख आतिथ्यता तथा प्याब्सनका पुर्वअध्यक्ष डम्बर रुचालको विशेष आतिथ्यतामा सम्पन्न ’स्कुल ब्रेनवेब सर्कलमा विद्यार्थीहरुले अप्रतियोगितात्मक आकर्षक नृत्य तथा रोचक कविता समेत प्रस्तुत गरिएको थियो । झापा नेशनलका प्रिन्सिपल कमल भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल नेत्र खतिवडाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु