जेनजी आन्दोलन : देशभर आगजनी र तोडफोड ,सरकारले घुँडा टेक्यो

2025-09-09 मा प्रकाशित

झापा । सोमबार जेनजी पुस्ताले गरेको आन्दोलमा सरकारले क्रुर दमन गर्दै १९ जना युवाहरुको हत्या गरेपछि आक्रोशित बनेका जेनजी पुस्ताहरुले आज देशभर आन्दोलनलाई शसक्त बनाउँदै आगजनी र तोडफोड गरेका छन् ।
आन्दोलनरत जेनजी पुस्ताहरुले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् ।
आन्दोलनरत युवाहरुले संसदभवन, सर्वाेच्चअदालत, प्रधानमन्त्री निवास सबै नेता कार्याकर्ताको घरमा आगजनी गरेका छन् । आक्रोशित युवा पुस्ताले पार्टीका नेता कार्यकर्ताहरुलाई समेत नियन्त्रणमा लिएर कार्वाही गरेका छन् ।
सरकारले घुँडा टेक्यो
देश बेथिति र भ्रष्टचारले जरजर बनेको बेला सरकारले सामाजिक सञ्जाल समेत बन्द गरिदिएपछि युवाहरुको आक्रोशको सीमा नाघ्यो । फलस्वरुप युवा सडकमा उत्रिए । दुर्गा प्रसाई, राप्रपा र शिक्षकहरुले यस अघि पटक पटक गरेको आन्दोलनलाई दबाउन सफल भएको सरकारले जेनजीलाई बच्चा ठानेर हप्काउने अनि डरत्रास देखाउने मात्र गरेन । आन्दोलनमा होमिएका कलिला बालबालिकालाई निर्मम ढंगले गोलि प्राहार गरे १९ जना युवाको हत्या गर्याे । यस घटनापछि उत्तेजीत बनेका युवाहरुले आन्दोलनलाई शसक्त बनाउँदै मंगलबार न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका नियन्त्रणमा लिए । यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा समेत दिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास समेत  आन्दोलनकारीको कब्जामा पुगेको छ ।
देशभर आन्दोलनमा उत्रीएका जेनजीहरुले देशका सबै पालिका तथा वाडा कार्यालय, नेताका घर, भन्सार लगायतका भौतिक संरचनामा आगजनी र तोड फोड गरेका छन् । आन्दोलनकारीले मंगलबार झापाको मेचीनगरमा समेत आगजनी र तोडफोड गरेका छन् । आक्रोशित भिडले मेचीनगरपालिका, मेची भन्सार, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संघीय सांसद विश्वप्रकाश शर्मा, प्रदेश सांसद गोपाल तामाङ, श्रीप्रसाद मैनाली, रविनकोइराला, उपप्रमुख मीना पाखरेल उप्रेती, मेचीनगरपालिकाका वरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, नेपाली काँग्रेको क्षेत्रीय पार्टी कार्यालय , नेकपाएमालेको पाटी कार्यालय लगायतमा आगजनी गरेका छन् । आक्रोशित युवाहरुले एचएमसी लगायतका बिभिन्न संघ संस्थाहरुमा समेत आगजनी र तोडफोड गरेका छन् ।
यसै बिच जेनजीले एक विज्ञप्ति जारी गर्दै अब संयम र धैर्यसाथ अघि बढ्न अनुरोध गरेको छ ।
जेनजीले मंगलबार अपराह्न एक विज्ञप्ति मार्फत संयम र धैर्यका साथ अघि बढ्न अनुरोध गरेको छ ।
‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ । त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं । हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं,’ आन्दोलनले भनेको छ । स।कारले राजीनामा देएपनि हिंसा र आगजनी नरोकिएपछि नेपाली शेनाले त्यसकिसिमको कार्य रोक्न र संयमता अपनाउन अनुरोध गरेको छ । सरकारको सबै संयन्त्र निश्क्रििय भएपछि नेपाल र नेपालीको सुरक्षाको जिम्मा अब नेपाली सेनाले लिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु