मेचीनगर । नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धी संविधानको रक्षाको लागि फेरिपनि जस्तोसुकै बलिदान र संघर्ष गर्न तयार रहेको उद्घोष गरेका छन् ।
जेनजी आन्दोलन पछि वर्तमान संविधान संकटमा पर्न लागेको भन्दै उनीहरुले संविधान जोगाउन सबै राजनीतिक दल एक जुट हुनुपर्ने बताए ।
देशमा बढेको भ्रष्टाचार, बेथिति अन्त्य गर्न तथा समाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न माग गर्दै जेनजीहरुले गरेको आन्दोलनमा भदौ २३ गते १९ जना युवाहरु मारिएपछि २४ भदौमा आन्दोलनले हिंसात्मक रुप लिएको थियो । त्यस घटनापछि राजनीतिक दलका नेता कार्यकर्ताहरु युवाहरुको निशानामा परे । जेनजी आन्दोलन पछि अस्तित्व संकटमा परेका राजनीतिक दलहरु शुक्रबार १० औं संविधान दिवसको अवसरमा एकजुट बनेका छन् ।
काँकरभिट्टा स्थित हनुमान मन्दिर अघि भेलाभएका राजनीतिक दलहरुले संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, लोकतन्त्र जिन्दाबाद लगायतका नारा लेखिएका लेखिएका प्ले— कार्ड तथा व्यानरसहित काँकरभिट्टा बजारको परिक्रमा गरेर पुनः हनुमान मन्दिरमा पुगेर कोणसभामा परिणत भएका थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले जेनजी आन्दोलनमा अराजक तत्वहरुहरुको धुसपैठ भएको र देशका महत्वपूर्ण धरोहर सिंहदरबार, अदालत, राष्ट्रपति भवन लगायत देशभरका पालिका, ,सरकारी कार्यालय, व्यक्तिका घरमा आगजनी गरेर बितण्डा मचाएको बताउँदै ति अपराधिक क्रियाकलापमा संलग्नहरुको खोजी गरेर कार्वाही गर्नु पर्ने धारणा राखे । उनले जेनजी आन्दोलनका जायज मागहरुप्रति नेपाली काँग्रेसको समर्थन रहेको जनाउँदै जेनजी आन्दोलनको नाममा लोकतन्त्र र संविधान भने कमजोर बनाउने छुट कसैलाई नभएको बताए । ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो,’ उनले भने, ‘ लोकतन्त्र विकल्प निरन्कुश तानाशाह हुन सक्दैन ।’
सो अवसरमा संविधान सभा सदस्य रविन कोइरालाले जनताका छोरा छोरीहरको रगतबाट लेखिएको संविधान जेनजी आन्दोलनको नाममा मास्न खोजिएको भन्दै त्यसको बचाउको लागि राजनीतिक दल बिचलित नभई एकताबद्ध भएर उभिनु पर्ने बताए । फूलका गुच्छा लिएर सिंहदरबार पुगेका जेनजी पुस्ताहरुको भीडमा हिंसक व्यक्तिहरुको घुसपैठ भएकोको र जसको कारण देशले ठूलो क्षति व्यहोर्नु परेको बताउँदै उनले ति अपराधिक क्रियाकलापमा संलग्नहरुको खोजी गरी कार्वाही गर्न सरकारसँग आग्रह गरे । दोशीलाई कार्वाही गर्न कुनै आइतबार कुर्नु पर्दैन । सिसि क्यामेराका फुटेज र फोटो र भिडियो सामाजिक सञ्जनलमा छ्याप्छ्याप्ती भेटिन्छ त्यही प्रमाणलाई आधार मनेर कार्वाही गर्नु होस्,’ उनले भने ।
युवाहरुको शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरीको बर्दीमा सार्प सुटरहरुले गोली चलाएको उनको आरोप थियो । उनले राजनीतिक दलहरुले आफ्ना कमजोरीलाई समेत सुधार्नु पर्ने बताए । ‘हामीले डराएर हतोत्साहित हुनुपर्ने अवस्था छैन, ’ उनले भने, शरिरमा लागेको धुलो टक्टक्याएर, पखालेर फेरि उठ्ने छौं र अघि बढ्ने छौ । कार्यक्रमको सञ्चालन राजु पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्