आज थप ५ जना मन्त्री नियुक्त, अब ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

2025-09-21 मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपतिले थप ५ जना मन्त्री नियुक्त गरेका छन् । आइतबार ५ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले बतायो ।

राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै मन्त्रिपरिषद्  ९ सदस्यीय बनेको हो।

स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ। यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु