महामन्त्री शर्माले भने : अब पार्टी जनभावना अनुसार रुपान्तरित हुन्छ

2025-09-23 मा प्रकाशित

 मेचीनगर । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ ले आयोजना गरेकोे ‘अवको राजनीति र अवको नेपाल’ विषयक अन्तरक्रियामा सहभाागिहरुले नेतृत्व प्रति आक्रोश पोखे ।
नेतृत्वको दम्भ र अहंकारले पार्टी सिद्धिदैछ, अब पार्टीमा नेतृत्व पुस्तान्तरण हुन्छकी हुँदैन ?, कांग्रेसले जनभावना किन बुझ्न सकेन ?, लगायतका थुपै प्रश्न नेतृत्व प्रति तेर्सिएको थियो । मंगलबार धुलाबारी स्थित टाउन हलमा आयोजित कार्यक्रममा कार्यकर्ताहरू सीता पोखरेल, तारा खतिवडा, मनोज घिमिरे, नारायण वस्नेत, देवेन्द्र गौतम, विशाल तामाङ, भूमि पौडेल, जगतबहादुर तामाङ लगायतले नेपाली कांग्रेसका महामन्त्री एवम् निवर्तमान संघीय सांसद विश्वप्रकाश शर्मालाई प्रश्न गर्दै पार्टीले तत्काल नेतृत्व परिवर्त नगरे नेपाली कांग्रेसलाई ठूलो क्षति हुने बताए ।


उनीहरुले पार्टी नेतृत्व अब दोस्रो पुस्तामा हस्तान्तरण हुनु पर्नेमा जोड दिए । पार्टी नेतृत्व अब युवाहरुले हाक्नु पर्छ भन्दै महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र जेनजी युवाहरूले पार्टीलाई सहिबाटोमा डोर्याउनु पर्ने बताए ।
कार्यकर्ताहरूको प्रश्न तथा धारणाहरूलाई सुझावका रूपमा लिदै महामन्त्री शर्माले जेनजी युवाहरूको माग सम्बोधन हुने बताएका थिए । नेपाली कांग्रेसका महामन्त्री शर्माले जेनजी पुस्ताको भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै नेपाली कांग्रेस नयाँ ढंगले रुपान्तरण हुने बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि संसद विघटन भएपछि पूर्व सांसद समेत भइसकेका महामन्त्री शर्माले आन्दोलनमा सरकारले जेनजी युवाहरूको गोली हानेर हत्या गर्नु गलत भएको बताए । सिंहदरबार, संसद भवन, सर्वाेच्च अदालत, हाम्रो घरहरू, पार्टी कार्यालय जल्नु भन्दा पनि युवाहरूको हत्या हुनु दुःखद भएकाउनको भनाइ थियो ।
कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एवम् मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराई(राजन) ले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु