इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

2025-10-09 मा प्रकाशित

झापा । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषदको बिहीबार साँझ सम्पन्न बैठकले इलाम जिल्लालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

गत साता परेको अति भारी वर्षाका कारण उत्पन्न पहिरो तथा बाढीका कारण इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको छ। पहिरो र बाढीका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्।
असोज १८ गतेको बाढी पहिरोका कारण इलाम र पाँचथरमा अझैसम्म पनि मेची राजमार्ग खण्ड पूर्णरूपमा अवरूद्ध रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु