2025-10-14 मा प्रकाशित
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमित भएका दुई दल एमाले र कांग्रेस पार्टी पुनर्गठनको तीव्र दबाबमा छन् । यो दबाबकाबीच कांग्रेसले भने पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बाटो पक्रेको संकेत देखिएको छ ।
केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले अहिलेको राजनीतिक परिस्थितिको समीक्षा मात्र गरेनन् । उनले अब आफू कार्यकारी भूमिकामा नरहने स्पष्ट सन्देश दिए ।
त्यही सन्देश स्वरुपमा केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्