एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक

2025-11-01 मा प्रकाशित

मेचीनगर । मेचीनगर– ५ राममन्दिर टोल निवासी एनएमसीकर्मी गायत्री ढुंगानालाई पत्नी शोक परेको छ । उनको पत्नी सर्मिला भट्टराई ढुंगानाको शुक्रबार राती २८ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौ. स्थित सिभिल अस्पतालमा उपचारत अवस्थामा १२: २५ बजे उनको निधन भएको परिवारले जनाएको छ ।
दुई सताअघि आँखामा समस्या भएर मेची नेत्रालय काँकरभिट्टामा जचाउन जाँदा उनलाई डाक्टरले आँखाको समस्या नभएर अन्य जटिल समस्या हुन सक्ने भन्दै तत्काल बिर्तामोड स्थित वीएण्सी अस्पतताल रेफर गरेको थियो ।

परिवारले उनलाई सोही दिन बीएण्सी अस्पताल पुर्याएपनि उनको त्यहाँ उपचार सम्भाव भएन । बिएण्सीमा डक्टरले ब्लड क्यान्सर भएको बताउँदै उनलाई तत्काल काठमाण्डौं सिभिल अस्पताल रेफर गरेको थियो । परिवारले उनलाई भोलिपल्टै काठमाडौं स्थित सिभिल अस्पताल पुर्याएर उपचारको लागि भर्ना गरेको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । डक्टरहरुको अथक प्रयासको बाबजुत पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
उनको एक जना ५ वर्षीय छोरा छन् । गायत्री विगत केही वर्षदेखि एनएमसी डेरीमा कार्यरत कर्मचारी हुन् । सर्मिलाको आज दिउँसो ३: ३० बजे माईधार गैंडे घाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु