हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा वर्ष उत्कृष्ट १२१ जना एजेन्सीहरु सम्मानित

2025-11-04 मा प्रकाशित

बिर्तामोड ।  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सोमबार वर्ष उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरेको छ ।
कम्पनीले झापाको बिर्तामोड स्थित सिद्धार्थ होटलमा एक भब्य कार्यक्रम आयोजना गरेर वर्ष उत्कृष्ट एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा कम्पनीले दिएको बिभिन्न तार्गाेट पुरागर्न सफल १२१ जना एजेन्सीहरुलाई हिमालयन ‘राइजिङ स्टार अवार्ड’ द्वारा सम्मान गरेको हो । उनीहरुलाई मेडल तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा खेमराज पौडेल, मदन अधिकारी, मञ्जु बराइली, मिना भण्डारी, बविता देवकोटा, अम्बिका भण्डारी, फूलमाया तामाङ, दिपा पौडेल, खिवराज दाहाल, दिलिप गौतम, सागर रिजाल, पुस्पलाल खड्का, युवराज दाहाल, डम्बर बराल, नविन कुमार राजबंशी, गंगा भट्टराई, नारद अधिकारी, सुस्मिता राना मगर, मात्रिका पराजुली, सुबोध तिम्सिना पदम मगर, रोहन सिटौला, बालकुमार गुरुङ, मिरादेवी श्रेष्ठ, लगायत रहेका छन् ।

कम्पनीका जोनल हेड तथा बिभागिय प्रमुख नविन थापाले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्दै जीवन बीमा परम्स विश्वासमा आधारित भएर गरिने करार भएकोले बिमितहरुको भावनालाई आत्मसाथ गर्दै आफ्नो व्याक्तिगत स्वार्थ नहेरी बिमितको हितमा काम गर्न आग्रह गरे ।

उनले जीवन बीमा भविश्य सुनौलो र सुरक्षित गर्ने एउटा अचुक कडी भएको ले सबै क्षेत्रमा पुगेर जीवन बिमाको महत्व बुझाउन एजेन्सीहरुलाई आग्रह समेत गरे । ‘जीवन बीमा अनिवार्य बचत हो, यो जोखिमको लागि गरिएको करारपनि हो,’ थापाले भने, ‘हिमालयन फरक ढंगले अघि बढिरहेको छ । अब चाँडै देशकै नम्बर १ कम्पनी बन्छ । तपाइँहरु ढुक्क भएर लाग्नु होस ।’ उनले एजेन्सीहरुलाई हौसला प्रदान गर्न यस किसिमको अवार्ड कार्यक्रम आयोजना गरिएको बताए ।


कम्पनीको कोशी प्रदेश प्रमुख रामबहादुर साहीको सभापतित्व रहेको कार्यक्रममा प्रदेश प्रमुख शाहीले कम्पनीले ल्याएका नयाँ प्रोडकको बारेमा समेत जानकारी गराउँदै जीवन बिमाको महत्वको बारेका थप प्रकाश पारेका थिए । उनले सबै अभिकर्ता तथा एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सी म्यानेजरहरुलाई थप शसक्त भएर बीमा अभियानमा लाग्न आग्रह समेत गरे ।


सम्मान कार्यक्रमलाई प्रभावकारी र रोचक बनाउन सञ्चालको भूमिका सुरुङगा शाखा प्रमुख चन्द्रकला घिमिरे र बिर्तामोड शाखा प्रमुख बद्रि भण्डारीले गरेका थिए । सम्मान कार्यक्रमलाई काँकरभिट्टा शाखा प्रमुख ओम खतिवडा र बिर्तामोड शाखाकी कर्मचारी निता पोखरेलले सहजीकरण गरेका थिए । सो अवसरमा सम्मानित व्याक्तित्वको तर्फबाट खिवराज दाहाल, सागर रिजाल, पुष्प खड्का, सिर्जना गौतमले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा भद्रपुर शाखा प्रमुख अखिलेश्वर बोहोरा, गौरादह शाखा प्रमुख त्रिलोकी राजवंशी, दमक शाखा प्रमुख नारायण थापा, उर्लाबारी शाखा प्रमुख भरत थापा, इलाम शाखा प्रमुख देवकी बराल, धुलाबारी शाखा प्रमुख प्रमेश श्रेष्ठ, फिदिम शाखा प्रमुख धनेन्द्र रिजाल ताप्लेजुङ शाखा प्रमुख कविराज मिश्र लगायतको आतिथ्यता रहेको थियो ।

कोशी प्रदेश उपप्रमुख  नविन मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा प्रमुख बद्रि भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु