नेकपा एमाले मेचीनगरले मंगलबार मोटरसाइकल र्याली आयोजना गर्दै

2025-11-10 मा प्रकाशित

मेचीनगर । प्रमुख शक्तिहरुलाई निशेध गरेर फरक प्रक्रियाबाट सरकार गठन भएको भन्दै आन्दोलित बनेको नेकपा एमालेले पछिल्ले समय आफ्ना गतिविधि र विरोधका कार्यक्रमलाई तीब्र पार्दै लगेको छ ।
प्रनिधिधि सभा पूनःस्थापनाको मुद्धालाई केन्द्रमा राखेर देशव्यापी शसक्त अभियान थालेको एमालेले मंगलबार सरकारको विरोध स्वरुप मोटरसाइकल र्याली आयोजना गर्ने जनाएको छ । सोमबार नेकपा एमाले मेचीनगरले पत्रकार सम्मेलन आयोजना गरेर अघोषित प्रतिगमन विरुद्ध मोटरसाईकल र्याली आयोजना गर्न लागिएको नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले जानकारी दिए । संसद पुनस्थापना नभएसम्म जेनजी युवाहरुको मागलाई समेत सम्बोधन गर्न नसकिने बताएका नगर अध्यक्ष कार्कीले धुलाबारीेदेखि चारआलीसम्म मोटर साइकल र्याली आयोजना गरिएको र सो कार्यक्रममा सक्रिय सहभागिताको लागि आग्रह समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेती, केन्द्रीय सल्लाहकारहरु विष्णु प्रसाई, हरिचरण बानियाँ र भीम खवास, पार्टीका मेचीनगर इञ्चार्ज देबकुमार राई, जिल्ला कमिटी सदस्य दुर्गा धमला र कृष्ण कनाल, युवा संघका नगर अध्यक्ष विवेक खवासलगायतको उपस्थिति रहेको थियो । नगर कमिटी उपाध्यक्ष एवम् मेचीनगर ९ का वडाध्यक्ष कञ्चन तामाङले स्वागत गरेको कार्यक्रमको सहजीकरण सागर ओलीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु