मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार आजबाट प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु भएको छ ।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले प्याब्सनले नगरका बिभिन्न ठाउमा कार्यक्रम सुरु गरेको हो ।
प्याब्सनले खेलको पहिलो दिन आज ब्वाइज फुटबल र टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ । प्याब्सनले मेचीनगर ३ स्थित बडाखालको खेल मैदानमा फुटबल र काँकरभिट्टा को सामुदायिक हलमा टेबल टेनिस प्रतियोगिता आयोजना गरेको थियो ।

वडाखालमा आयोजित फुटबल प्रतियोगितामा प्याब्सन मेचीनगरमा आवद्ध २३ वटा विद्यालय सहभागि बनेको प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीले जानकारी दिए । भोलि ब्वाइज तर्फको फुटबल सम्पन्न हुने छ । भोली क्वाटर फाइनल, सेमी फाइनल हुँदै फाइनल खेल हुने छ भने पर्सिबाट गल्स फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेचीनगरका बिभिन्न क्षेत्रमा आयोजना हुने उक्त प्रतियोगिता एक साता सम्म सञ्चालन हुने उपाध्यक्ष सुरेन्द्र न्यौपानेले जानकारी दिए । एथलेटिक्स खेल भने २८ गते मेजस माविको खेल मैदानमा हुने छ भने हिमालयन इङ्लिस एकाडेमीमा भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्