मेचीनगर । मेचीनगर नगरपालिकाले बुधबारबाट लैंगिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको छ ।
महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सञ्चालित कार्यक्रममा बिहीबार मेचीनगर क्षेत्रमा रहेका स्वास्थ्य स्वयमसेवीकाहरु सहभागि छन् । दुई दिन सम्म सञ्चालन हुने सो कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरणमा स्वयम सेवीकाहरुको भूमिकाको बारेमा छलफल हुने बताइएको छ ।

स्वस्थ्य स्वयम सेवीकाहरु हरेक नागरिकको घरदैलोमा पुगेर सेवा दिने भएकोले लैंगिक हिंसा न्यूनीकरणमा उनीहरुको महत्वपूर्ण भूमिका रहने कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर पालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले बताउनु भयो ।
‘लैंगिक हिंसाको कार्यक्रमलाई मेचीनगरपालिकाले महत्वपूर्ण रुपमा लिएको बताउँदै प्रमुख अतिथि उप्रेतीले लैंगिक हिंसा महिलालाई गरिने हिंसा मात्र नभएर पुरुष तथा फरक क्षमता भएका व्यक्तिलाई गरिने विभेद, दमन र शोषण भएको बताउनु भयो । उहाँले ‘मेचीनगरपालिकाको न्यायीक समितिमा समेत लैंगिक हिंसाका थुप्रै उजुरी आउने बताउँदै आफूहरुले फौजदारी मुद्दाबाहेक अन्य मुद्दाहरु हेर्ने र छलफल गरेर पीडितलाई न्याय दिने गरेको बताउनु भयो । उहाँले मेचीनगरमा पुरुस हिंसाका घटनाहरु समेत न्यायीक समितिमा आउने गरेको जानकारी दिनु भयो । प्रमुख अतिथि उप्रेतीले जुनसुकै किसिमको हिंसामा संलग्न व्यक्तिलाई कानुनले दण्डित गर्ने बताउनु भयो । नेपाली समाजमा ९५ प्रतिशत महिला हिंसाका घटना हुने गरेकोले लैंगिक हिंसालाई समेत महिला हिंसाको रुपमा समाजले बुझ्ने गरेको उहाँको भनाइ थियो ।

मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक हृदय राजवंशीेको सभापतित्वमा आयोजित क्षमता अभिबृद्धि कार्यक्रममा सहभागिहरुलाई मनोपरामर्श कर्ता तथा कोशी प्रदेशकी रोस्टर ट्रेनर चण्डीका मोहरा र मेचीनगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाकी हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले प्रशिक्षण दिइरहनु भएको छ ।
सहभागिहरुलाई लैंगिक हिंसा प्रतिकार्य विज्ञ उप्रेतीले लैगिक हिंसा न्यूनीकरणको लागि खेल्नु पर्ने भूमिका, लैंगिक हिंसा सम्बन्धी एकीकृत परियोजनाको परिचय तथा आगामी कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।
भने रोस्टर ट्रेनर मोहराले लैगिक हिंसाका प्रकार,र समाजमा त्यसले पार्न सक्ने असरका बारेमा जानकारी गराउँदै त्यसको न्यूनीकरण तथा नियन्त्रणको लागि सचेत नागरिकले खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पर्नु भएको थियो ।
सो अवसरमा शामाजिक शाखा प्रमुख राजबंशीले अझैपनि समाज बिभिन्न किसिमको हिंसाले जकडिएको बताउनु भयो । उहाँले जेनजी युवा पुस्ताको नाममा गरिएको अन्दोलनले समेत सामाजिक हिंसाको रुप लिएको बताउँदै लैगिक हिंसा मात्र नभएर प्रत्येक तह तप्कामा गरिने हिंसा मानव अधिकार विपरित र दण्डनीय भएको उहाँको भनाई थियो ।
सामाजिक विकास शाखाको अधिकृत शम्भू पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्