सचेत युवाले देश बनाउने हो, विध्वंस मचाउने होइन : प्रदेश सांसद बजगाई

2025-11-13 मा प्रकाशित

झापा । झापाको मेचीनगरमा बाङ्गे पुल फुटबल क्लवको आयोजनामा बिहीबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मेचीनगर १३ स्थित विरान खेल मैदानमा आयोजित फुटबल प्रतियोताको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गर्नु भएको थियो
कार्यक्रमककी प्रमुख अतिथि बजगाईले खेलाडीहरु देशको गौरव भएपनि सरकारले खेलाडीहरुको सम्मानमा खासै ध्यान दिन नसकेको बताउनु भयो । ‘खेलाडीहरु देशका गौरव हुन्’, उहाँले भन्नु भयो, उनीहरुको मनोबल उच्च बनाउँदै बिभिन्न क्षेत्रबाट खेलाडीहरुलाई सम्मान गर्न सक्नु पर्छ, खेलप्रति प्रोत्साहित गर्नु पर्छ ।’
युवाले चाहे देशमा आमूल परिवर्त सम्भव हुने बताउँदै उहाँले भन्नु भयो, ‘सचेत युवाले देश बनाउने हो, विध्वंस मचाउने होइन् ।’  जेनजी आन्दोलनको नाममा भएको अराजक गतिविधिमा युवाहरुको नाम जोडिँदा दु:ख लागेको बाउँदै प्रदेश सांसद वजगाईले भन्नु भयो ‘तपाईँ युवाहरुमा जोस छ, जाँगर छ । त्यसलाई सकारात्मक सोचका साथ सही ठाउँमा सदुपयोग गर्नु होस । देश अनि समृद्ध समाज निर्माण हुन्छ ।’
उहाँले खेलाडी युवाहरुलाई नगर अनि देशको नाम उच्च राख्नेगरी खेल क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै आफू माननीय हुँदा होस यात पदविहिन जस्तो सुकै अवस्थामा पनि खेलाडीको पक्षमा सकारात्मक भएर उभिने र  सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
उहाँले आफ्नो पहलमा विरान खेल मैदानको निर्माणको लागि प्रदेश सरकारबाट १८ लाख विनियोजन गरेको समेत जानकारी दिनु भयो ।
बाङ्गे पुल फुटबल क्लवका अध्यक्ष अर्जुन सिक्देलको अध्यक्षतामा आयोजित उद्रघाटन कार्यक्रममा मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिक्देल, १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिक्देल, राष्ट्रिय स्वतन्त्रपार्टी मेचीनगर – १४ का अध्यक्ष सिताराम मिश्र लगायतको आतिथ्यता रहेको थियो ।


बिहीबार भएको उद्घाटन खेलमा चारवटा टिमले भाग लिएको थियो । पहिलो चरणको खेलमा दुवागढी १ र ७ ले प्रतिष्पर्धा गरेका थिए । भने दोस्रो चरणको खेलमा वडानम्बर ६ र ९ बीच प्रतिष्पर्धा भएको थियो । त्यसैगरी समूह ख तर्फ दुवागढी ४ र आयोजक टिम बीच प्रतिष्पर्धा भयो भने अन्तिम खेल दुवागढी २ र ३ बीच प्रतिष्पर्धा भएको थियो ।
कार्तिक ३० गते सम्म सञ्चालन हुने वडा स्तरीय खेलमा १० वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । सो अवसरमा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमलाई रोचक बनाउन रोचक नृत्य समेत प्रस्तुत गरिएको थियो ।


बाङ्गे फुटबल युवा क्लवका सचिव मोहन सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन हातेमालो सामुदायिक वनका सचिव यामकान्त प्याकुरेलले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु