काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत रहेको पानी सुरक्षा टोलीको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै पानी परीक्षण प्रयोगशाला क्षेत्रीय कार्यालय इटहरीका कार्यालय प्रमुख रमेश यादबले सुरक्षित र शुद्ध पानी पिउनाले ७० प्रतिशत रोग अन्त्य हुने दावी गरे । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य जीवनको लागि सुरक्षित र शुद्ध पानी आवश्यक पर्ने भन्दै उनले पानी पिउने विषयमा हेलचेक्राई नगर्न आग्रह समेत गरे । आर्सेनिक पानी पिउनाले मानिसको शरिरमा क्यान्स जस्तो घातक रोग लाग्ने उनको भनाई थियो । उनले प्रोजेक्टर मार्फत सहभागिहरुलाई सुरक्षित खानेपानीको विषयमा बिभिन्न तथ्याङ्क समेत प्रस्तुत गरेका थिए ।

पानी सुरक्षा टोलीको संयोजक विशाल तामाङको सभापतित्व तथा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहत कुमार बुढाथोकीको प्रमुख आतिथ्यरहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले खानेपानी वितरणमा थुप्रै समस्या र चौनौति देखिएका भएपनि ति सबै खाले समस्यालाई चिरेर समितिले उपभोक्तालाई सुरक्षित खानेपानी वितरणको कामलाई अघि बढाइ रहेको बताए ।

उनले सडक स्तरउन्नती र सडक निर्माण कार्यले केही क्षेत्रमा समस्या भइरहको भएपनि त्यसको समाधानको लागि समिति तथा कर्मचारीहरुले सचेत र चनाखो भएर काम गरिरहेको समेत जानकारी दिए ।
प्रमुख अतिथि बुढाथोकीले नगरका बिभिन्न ७ वटा वडामा सुरक्षित पानी वितरण भइरहेको बताउँदै आगामी दिनमा थप क्षेत्रमा पानी विस्तार गरिने उद्घोष समेत गरे । उनले पानीको अभाव समेत अव चाँडै अन्त्य हुने दावी गरे ।
उनले पानीको चोरी तथा चुहावट नियन्त्रणको लागि टोल विकास संस्थाहरुले सहजीकरण गरिदिन आग्रह समेत गरे ।
सो अवसरमा कार्यालय प्रमुख दीपक पोखरेलले समेत सुरक्षित पानीका बारेमा सहभागिहरुलाई प्रशिक्षित गरेका थिए ।
कार्यालय प्रमुख पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पानी सुरक्षा समितिका सदस्य रघु खतिवडाले गरेका थिए । टोलीले आज बिभिन्न वडामा पुगेर खाने पानीको शुद्धता समेत परीक्षण गरेको छ ।

प्रतिकृया दिनुहोस्