ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता

2025-12-03 मा प्रकाशित

मेचीनगर।  मेचीनगर –२ स्थित ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता घिमिरे न्यौपाने सर्वसम्मत चयन हुनु भएको छ । सहकारी संस्थाको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।


यहाँ स्थित नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिको सभाहलमा आयोजित साधारण सभाबाट उपाध्यक्षमा रुप कुमार खतिवडा –माधव) र सदस्यहरुमा रितादेवी नेपाल , निर्मला गड्तौला, पवित्रादेवी मगर, नारद ढुंगाना, गोमा दाहाल, संजय निरौला, र नरेन्द्र ढुंगानालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक चन्द्र शेखर गुरागाँईले जानकारी दिए ।त्यसैगरी साधारण सभाले यज्ञप्रसाद भण्डारी संयोजक रहेको तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ । जसको सदस्यहरुमा अम्बिका गौतम, र रामचन्द्र दाहाल रहेका छन् ।


सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा स्थानीय समाजसेवी तथा ज्येष्ठ नागरिक ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अध्यक्ष निरौलाले १० वर्ष अधि अत्यन्तै दुःखका साथ प्रतिब्याक्ति रु ५ रुपैयाँ संकलन गरेर सुरुवात गरेको सहकारी अब गतिशील भएर अघि बढ्न थालेको बताए । उनले बाहुनडाँगी क्षेत्रका फरक क्षमता भएका मानिसहरुको जीवन जिउने आधार यही सहकारी भएको बताउँदै सहकारीको माध्यमबाट बिभिन्न सीपमुलक तालिम, अपाङ्गता भएका व्यक्तिहरुलाई साहयक सामाग्री हस्तान्तरण लगायतका थुप्रै कामहरु सहकारीको माध्यमबाट भइरहेको बताए । उनले आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई थप प्राथमिकता दिने तथा विद्यान संसोधन लगायतका प्रस्तवाहरु समेत साधारण सभामा अनुमोदनका लागि प्रस्ताव गरेका थिए । २०६६ सालमा नेपाल राष्ट्रिय अपाङ पुनःस्थापना समिति गठन दर्ता गरी अपाङ्गता भएका २५ जना ब्याक्तिबाट प्रतिब्याक्ति मासिक रुपमा रु ५ रुपैया संकल गरेर सुरवात गरेको पूँजीलाई व्यवस्थित गर्दै २०७२ मा सहकारी दर्ता गरी २५ जनाबाट सुरु भएको सहकारी पछि समावेशी बनाउँदै हाल सहकारीमा ४४८ जना शेयर सदस्य हरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । बन्द सत्रले अध्यक्षको प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन पारित गरेको छ । सहकारी संस्थाले १० धुर जमिन खरिद गरेर हाल आफ्नै भवनबाट कारोबार सुरु गरेको तथा कार्तिक मसान्तबाट भने सहकारी नाफामा अघि बढेको समितिले जनाएको छ ।
कार्यक्रममा शुभचिया सहकारी संस्थाका पूर्व अध्यक्ष शम्सेर बहादुर खड्का, बौद्धमोड विकास संस्थाका अध्यक्ष छविलाल काफ्ले, ओसियनिक निर्माण इङ्लिस स्कूलका प्रिन्सिपल पदम रुचाल, मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सहकारी संस्थाका ब्यवस्थापक कुमार ढुंगानाले स्वागत गरेका कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य केशर बहादुर बस्नेतले गरेका थिए ।
बन्द सत्रले निर्वाचन सम्पन्न गर्न चन्द्र शेखर गुरागाँई संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेका थियो । जसको सदस्यमा शुस्मा अर्याल र छविलाल काफ्ले रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु