सामूहिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

2025-12-20 मा प्रकाशित

मेचीनगर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाले १८ औ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।


मेचीनग – १२ स्थित सहरेडाँगीमा मुख्य कार्यालय रहेको सहकारीले शुक्रबार सामाजिक उत्तरदायीत्व अन्तर्गत धुलाबारी सेवाकेन्द्रमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
काँकरभिट्टा स्थित दिब्यज्योती आँखा अस्पतालको प्राविधिक सहयोग रहेको कार्यक्रममा १४० जनाले सेवा लिएको सहकारी संस्थाका अध्यक्ष जगन भट्टराईले जानकारी दिए । सहकारीका सदस्यहरुको स्वास्थ्यलाई ध्यान दिँदै सामाजिक उत्तरदायीत्व अन्तर्गत आफूहरुले स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो ।


शिविरमा ६ जना डक्टर तथा प्रविधिकहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । सहकारीले पुस १ गते समेत रक्तदान तथा महिलाहरुको पाठेघरको क्यान्स परीक्षण शिविर सञ्चालन गरेको धुलाबारी सेवा केन्द्रका संयोजक गोकुल खत्रीले जानकारी दिए । स्वास्थ शिविरको सञ्चालन सहकारी संस्थाका सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु