मेचीनगर – ५ मा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

2025-12-20 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर – ५ वडाकार्यालयमा शुक्रबार स्थलगत धुम्ती कृषक तालिक सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा सहभागिहरुलाई माटो व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको थियो ।
माटोको गुण सुधार गर्न अपनाउनु पार्ने बिभिन्न बिधिका बारेमा सहभागिहरुलाई कृषि ज्ञान केन्द्र झापा अन्तर्गत सुरुङगा शाखाका प्राविधिक रविन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए ।
माटोको नमूना परीक्षण गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा उनले स्थलगत रुपमै प्रशिक्षित गरेका थिए भने सहभागिहरुले उत्साहका साथ जिज्ञासा राख्नुका साथै सिकाई प्रक्रियामा सहभागि बनेका थिए ।
‘राम्रो उत्पादन लिन माटोको गुणमा सुधार ल्याउन जरुरी छ,’ उनले भने,‘ हामी माटोको गुण सुधार गर्ने अभियानमा छौं । त्यसैले माटोको गुण सुधार गर्न माटोको नमूना संकलन कसरी गर्ने भन्ने विषयलाई प्रयोगात्मक रुपमै सिकाएका छौं । आगामी दिनमा माटोको नमूना परीक्षण समेत गर्ने छौं ।
कार्यक्रममा मेचीनगर – ५ का वडाध्यक्ष कनक बहादुरकार्की, कार्यपालिका सदस्य माया प्याकुरेल, वडासदस्य मनकुमार लिम्बू लगायतको आतिथ्यता रहेको थियो । तालिममा अग्रज कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु