मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ ।

शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक कमल गौतमले जानकारी दिए । ग्रमीण क्षेत्रमा रहेका मानिसहरुमा हार्डजोर्नीको समस्या बढी देखिएको र उहाँहरुको स्वास्थ्यलाई ध्यान दिएर आफूले गाउँमा थेरापी सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनले ज्येष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट तथा विपन्नलाई उहाँहरुको अवस्था हेरेर निःशुल्क रुपमै थेरापी सेवा दिने गरेको समेत जानकारी दिए ।

शिविरमा वरिष्ठ पायल्स, फिसर, फिस्टुला तथा फिजिसियन विशेषज्ञ डा. एम.पी शाह तथा सञ्जीवनी आयुर्वेद सेवाबाट आर्युेवेद डाक्टर हरुको सेवा प्रदान गरिएको थियो ।
भने दक्ष थेरापिष्टद्वारा हार्डजोर्नी तथा नशा सम्बन्धी समस्या भएका विरामीहरुको थेरापी गराइएको थियो ।
बौद्धमोडमा विगत ६ महिना अघिबाट थेरापी सेवा सञ्चालनमा रहको छ । ग्रामीण क्षेत्रमा थेरापी सेवा सञ्चालनमा आएपछि हार्डजोर्नी तथा नशाको समस्याबाट पीडित बिरामीहरुले त्यहाँ दैनिक थेरापी सेवा लिइरहेको र धेरै जना लाभान्वीत भइरहेको बताईको छ ।

स्वास्थ्य परीक्षको लागि शिविरमा पुगेकी मेचीनगर १ की हरिमाया पोखरेल आफ्नै ठाउँमा थेरापी सेवा सञ्चालन भएकोमा खुशी व्यक्त गरिन् । आफूले घुँडामा समस्या भएर १५ दिनदेखि थेरापी गराइरहेको र स्वास्थयमा निक्कै सुधार भएको उनले बताइन । थेरापी सेवा लिन दैनिक रुपमा हार्डजोर्नी तथा नसाका विरामीहरु आउने गरको उनको भनाइ छ । स्वास्थ्य परीक्षणको लागि समेत मेचीनगरका बिभिन्न वडाबाट मानिसहरु सहभागि भएको आयोजकले जनाएको छ ।



प्रतिकृया दिनुहोस्