मेचीनगर । नेपाली काँग्रेस झापा क्षेत्र नं.१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले पुष २७ र २८ गते काठमाण्डौमा हुन लागिरहेको विशेष महाधिवेशनमा सहभागिता जनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ । बुढाथोकीले बिहीबार एक विज्ञप्ती जारी गर्दै क्षेत्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित काँग्रेसका शुभेच्छुक र शुभचिन्तकहरुलाई समेत पनि विशेष महाधिवेशनमा सहभागि हुन अपिल गर्नु भएको हो ।
‘अहिलेको गम्भीर अनि ऐतिहासिक घडीमा तपाई महाधिवेशन प्रतिनिधिहरुसहित नेपाली काँग्रेसका शुभेच्छुक र शुभचिन्तकहरुको सहभागिताले पार्टीको भविश्य र देशका लागि दिशानिर्देशसंग सिधै जोडिएको बिषय हो,’ बुढाथोकीले विज्ञप्तीमा भन्नु भएको छ,‘नेपाली काँग्रेस झापा क्षेत्र नं. १ क्षेत्रीय समितिको सभापति हुनुको नाताले पनि म तपाईहरु सबैमा विशेष महाधिवेशनमा अनिवार्य रुपमा उपस्थित भई महाधिवेशनलाई भव्य रुपमा सफल, सार्थक र ऐतिहासिक बनाउन हार्दिक अपिल गर्दछु ।’
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निकट नेता बुढाथोकीले आम नेपालीजनमा भरोसायोग्य पार्टी बनाउन पनि विशेष महाधिवेशन आवश्यक रहेकोले सक्रिय सहभागिता जनाई महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन आव्हान गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्